add frist

गृहपृष्ठ आमा र बच्चा मृत फेला, हत्याको आशंका

आमा र बच्चा मृत फेला, हत्याको आशंका

पोखरा,जेठ । पोखराको सिर्जना चोकमा आमा र बच्चा मृत फेला परेका छन् । घटनाको प्रकृति हेर्दा बच्चाको हत्यापछि आमाले आत्महत्या गरेको देखिन्छ ।

यद्यपि यसबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

भारत घर भएकी ती महिलाले चितवनका पुरुषसँग विवाह गरेर पोखरा बसोबास गर्दै आएको बुझिएको छ ।

श्रीमान् घरमा नभएको बेला घटना भएकोले अहिले नै कारण नखुलेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

‘दुवै हत्या भएको पनि हुन सक्छ । वा बच्चाको हत्या र आमाको आत्महत्या पनि हुन सक्छ । जाहेरी परेको छ । हामी खोजी गर्दैछौं,’ उनले भने, ‘प्रारम्भिक अवस्थामा अहिले व्याख्या गर्न मिल्ने स्थिति छैन ।’ बच्चा भने कक्षा २ मा अध्ययनरत रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु