add frist

गृहपृष्ठ दसैँ अवधीभर मौसम सफा रहने

दसैँ अवधीभर मौसम सफा रहने

बुटवल, असोज । नौ दिन ढिलाइ गरे मंगलबार देखि देशभरबाट मनसुनी प्रणाली वाहिरिएको छ । असोज २२ गते सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबाट वाहिरिन शुरु गरेको मनसुनी प्रणाली ९मंगलबार० देखि पूर्ण रुपमा बाहिरिएको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

सरदरमा अक्टुवर दुई का दिन नेपालबाट मनसुन बाहिरिने अनुमान गरिएपछि मंगलबार मात्र मनसुनी प्रणाली नेपालबाट वाहिरिएको महाशाखाले विज्ञप्ती मार्फत जानकारी गराएको छ । सरदर समयलाई जल तथा मौसम विज्ञान विभागले १० वर्षपछि यो वर्ष नौ दिन पछि सारेर सेक्टेम्बर २३ बाट अक्टुवर दुई तारिखलाई कायम गरेको थियो ।

मनसुन वाहिरिएसँगै मंगलबार देशभर शुन्य बर्षा भएको छ । यस वर्ष ११५।५ प्रतिशत अर्थात १६२०।२ मिलिमिटर पानी परेको परेको छ । अघिल्लो वर्षहरुको तुलनामा यस वर्ष बढी बर्षा भएको महाशाखाले जनाएको छ । नेपालमा जेठ १५ देखि असोज १५ गते सम्मको चार महिनाको अवधिलाई मनसुन अवधि मान्ने गरिन्छ । यस वर्ष जेठ २८ गतेबाट मनसुनी भित्रिएको थियो । यो अघिल्लो वर्ष भन्दा दुई दिन अघि हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु