add frist

गृहपृष्ठ रोट्र्याक तिलोत्तमा देवदहको श्रावणमा मेहेन्दी कार्यक्रम सम्पन्न

रोट्र्याक तिलोत्तमा देवदहको श्रावणमा मेहेन्दी कार्यक्रम सम्पन्न

बुटवल । रोट्र्याक क्लब अफ तिलोत्तमा देवदहले श्रावणमा मेहेन्दी कार्यक्रम सम्पन्न गरेकाे छ । हरियो चुरा सँगै साउन महिनामा हातभरि मेहन्दी लगाउने चलन छ । क्लब भित्र महिला सदस्यहरुलाई श्रावण महिनाको अवसर पारी सामाजिक सद्भाव कायम राख्दै शनिवार एक कार्यक्रमकाे आयोजना गरि देवदह ७ मिलनचोक स्थित इन्टेक होटल एण्ड रेस्टुरेन्टमा उक्त कार्यक्रम सम्पन्न गरेकाे हाे ।
क्लवका अध्यक्ष राेट्र्याक्टर मनिलाल तिवारीकाे अध्यक्षता र क्लवका पुर्व अध्यक्ष माधव आचार्यकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा महिला दिदिबहिनीको भावनालाई बुझेर उक्त कार्यक्रम अायाेजना गरेकाे कार्यक्रम संयोजक मनिषा अधिकारीले बताउनु भयो । उहाले यस प्रकारकाे कार्यक्रमले क्लवको महिला सदस्यहरुमा निकै राम्रो प्रभाव परेकाे बताउनु भयाे । कार्यक्रम क्लवका बाेर्ड सदस्य ईन्दिरा हमालकाे स्वागत, सह-काेषाध्यक्ष गिता ढकालकाे धन्यवाद ज्ञापन र सह-सचिव ललिता घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु