add frist

गृहपृष्ठ पत्रकार चौधरीको परिवारलाई चौतारी र नगरपालिकाको सहकार्यमा एकलाख सहयोग

पत्रकार चौधरीको परिवारलाई चौतारी र नगरपालिकाको सहकार्यमा एकलाख सहयोग

तिलोत्तमा,जेठ । प्रेस चौतारी नेपाल रुपन्देही र तिलोत्तमा नगरपालिकाको सहकार्यमा स्वर्गीय पत्रकार हिक्मत चौधरीको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । कोरोना भाइरस संक्रमणका कारण उपचाररत चौधरीको यही जेठ ५ गते बुटवलको कारोना विशेष अस्पतालमा मृत्यु भएको थियो ।

स्वर्गीय पत्रकार चौधरीको रुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित निवासमा पुुगेर प्रेस चौतारी रुपन्देही शाखाको टोलीले सहयोग स्वरुप संगठनको तर्फबाट ५१ हजार र चौतारीको पहलमा तिलोत्तमा नगरपालिकाबाट प्राप्त ५० हजार गरी एक लाख एक हजार रुपियाँ हस्तान्तरण गरेको हो ।

उक्त सहयोग रकम प्रेस चौतारी नेपालका पुर्व केन्द्रीय उपाध्यक्ष एवं नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीका इन्चार्ज मोहन चापागाईंले स्वर्गीय चौधरीको श्रीमती उदयदेवी कुँवरलाई हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा उनले यो महामारीमा पत्रकार चौधरीको उपचारमा प्रेस चौतारीको तर्फबाट सक्दो कोशिष भए पनि ज्यान बचाउन नसकेकोमा दुःख व्यक्त गर्दै परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

उनले पीडित परिकारको दुःखमा पार्टी र संगठन सधै साथमा रहने पनि बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रेस चौतारी रुपन्देहीका सल्लाहकार दिनेश पाण्डे, उपाध्यक्ष लक्ष्मण पौडेल, तिलोत्तमा नगरपालिकाका प्रेस सल्लाहकार विपि गौतम, संगठनका सदस्यहरु दिनेश श्रेष्ठ, स्वस्तिक श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा पार्टीका स्थानीय कमिटीका विभिन्न नेताहरुको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु