add frist

गृहपृष्ठ सैनामैनामा बाख्रा चोरी, रोचक अनुसन्धानमा प्रहरी

सैनामैनामा बाख्रा चोरी, रोचक अनुसन्धानमा प्रहरी

सैनामैना । दिनहुँ आफ्नो घरमा काम गर्न आउने कामदार प्रति हर कोही घरधनी भरोसा राख्छछन् । धेरैजसोले उसको मेहनत–मजदुरीको सम्मान पनि गर्दछन् । त्यसो त धेरै कामदारहरुले पनि आफूले काम गर्ने घरधनीको भरोसारमा कत्ति कमी हुन नदिई इमान्दारिता पनि देखाउँदै आएका छन्। तर कतिपय कामदारको भने नियत खराब हुँदो रहेछ भन्ने कुराको अनुभूत रुपन्देहीको सैनामेना आसपासका बासिन्दाले यतिबेला गर्न थालेका छन् । गत केहि महिना यता चोरी भएका बाख्रा र चोरी गर्ने मानिस समेत फेला परेपछि त्यहाँका बासीन्दाले यस्तो महशुस गरेका हुन्।

प्रहरीकाअनुसार रुपन्देहीको कन्चन गाउँपालिका–१ राताडाँडाका ३५ का ओम थापा सैनामैना नगरपालिका क्षेत्रका केहि घरहरुमा सरसफाईको काममा हिड्ने गर्दथे । यहि क्रममा गाउँका थुप्रै बाख्रा हराएका थिए । जब केहि मानिसरुले बाख्रा हराएको उजुरी दिए तब भने उनै कामदार थापाको योजनामा बाख्रा चोरीको रहश्य खुलेको हो ।

यहि असार ५ गतेका दिन रुपन्देहीको कन्चन गाउँपालिका–१ का पवन परियारको बाख्राको खोरबाट १२ किलो , १० किलो र ८ किलो तौर बराबरका ३ बटा बाख्रा विहान करिव ३ बजेको समयमा चोरी भएको उजुरी लिएर परियार सालझण्डी इलाका प्रहरी कार्यालयमा पुग्छन् । त्यस अघि पनि बाख्रा चोरीका उजुरी थुप्रै परेकोले प्रहरी गम्भीर भएर चोरी गर्ने ब्यक्ति पत्ता लगाउन जुट्यो । त्यही क्रममा बाख्रा ओसार पसार गरिरहने दुई वटा मोटरसाइकल पत्ता लाग्छन् । तीनै मोटरसाइकलसम्म प्रहरी पुगेपछि चोरहरु पत्ता लाग्छन्।

विशेष सूचनाको आधारमा बाख्रा ओसारपसारमा प्रयोग भएका लु १७ प ३७१७ नम्व।रको र लु ३५ प २४३१ नम्वरको मोटर साईकल प्रहरीले बरामद बरामद गर्दछ । त्यस पछि ती मोटरसाईकलमा सवार चार जना मानिसको पत्तो लाग्छ । ती थिए रुपन्देही कै उनै ओम थापा, सोही गाउँका २१ वर्षीय सागर बिक , २० वर्षीय रवि सुनार र वर्ष १८ का बिएस ९परिवर्तित नाम० ।

उनीहरु चारै जनालाई सोही रातडाँडा टोलबाट असार २३ गते प्रहरीले पक्राउ गर्दछ । अन्ततः त्यस सेरोफेरोमा श्रृंखदावद्ध रपमा बाख्रा चोरी गर्ने उनैहरु भएको प्रहरीले पुष्टि गर्दछ । उनिहरुले २०७८ साल माघ १२ गते राती दुई बजेको समयमा सैनामैना नगरपालिका–६ पटनाका पदपप्रसाद अर्यालको घरबाट २२ किलोको बोका चोरेको पत्ता लाग्छ ।

त्यसको तेश्रो दिन माघ २५ गते राति १ बजे सैनामैना ननगरपालिका– ६ भड्छा निवासी स्स्वती ढकालको ४८ किलोको बोका चोरी गरेको खुल्छ । यहि असार ५ गते कञ्चन गाउँपाकिा कुचेरास्थित पवन परियारको ३ ओटा खसी, बाख्रा, असार १६ गते राति सैनामैना नगरपालिका–११ चौधरीघोलास्थत ९ धनीको नाम खुल्न बाँकी ० २ वटा खसी बाख्रा चोरी गरेका थिए ।

त्यस्तै असार १७ गते राति२ बजे सैनामैना–९ ज्योतिस्थित बुद्धि सागर ढकालको घरबाट १५ किलोको बोका , असार १८ गते राती १ बजे सोही वडाका भिमबहादुर सुनारको १०÷१० किलोका २ वटा बोका उनिहरुले चारी गरेको खुल्न आएको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरिक्षक जगनाथ मरासीनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु