add frist

गृहपृष्ठ तीज बिगत र वर्तमान

तीज बिगत र वर्तमान

हिन्दू नारीहरुको महान् पर्व हरितालिका तीज विशेष गरी नारीहरुसँग प्रत्यक्ष सम्बध राख्ने एक पर्व हो । महिलाहरुको लागि तीज अत्यन्तै महत्वपूर्ण र खुसीको पर्व पनि बन्दै गएको छ । पारिवारिक सदाचार र सामाजिक सुस्वास्थ्य बढाउन उल्लेखनीय भूमिका खेल्ने यो पर्वको साँस्कृतिक महत्व पनि उत्तिकै रहेको छ । तीज कुनै कालखण्डमा चेलीहरुको दुःख दर्द, पीडा, व्यथालाई मुखारित गर्ने माध्यम बनेको थियो । दुःख पाउनु एक भाग्यको खेल भनेर गीतमार्फत ईश्वरको आरधाना गर्ने र व्रत बसेर पूजा गर्ने पर्वको रुपमा मानीने गर्दथ्यो । नेपाली संस्कृतिको कतिपय माध्यम र विपन्न बर्गका बिवाहित महिलाहरुले आफ्नो प्राणभन्दा प्यारो माईती घरमा जान चाहे पर्व कुर्नु पर्ने बाध्यता पनि थियो । कतिपय महिलाहरुले त त्यो पर्वमा समेत माईत जान घरका सम्बन्धित सासू–ससुरा र अभिभावक संघ हाररगुहार गर्न र विन्ती गर्दा पनि माईत जाने अनुमती नपाएर आफ्ना पीडाहरु बोकेर रुँदैररुँदै घरमै बसेर यो पर्व घरमै मनाउँदछन् । कसैको लागि खुसी र उल्लासमय भएपनि धेरै नेपाली नारीहरुको लागि यो पर्व पीडा, रोदनको विषयको पर्व बन्दै छ । आफ्नो मन भित्रको यथार्थ भावनात्मक अभिव्यक्त गर्नका लागि यो पर्वले साँस्कृतिक क्षेत्रमा पनि खुला राखेको छ ।

तीजगीतलाई हाम्रो लोकगीत पनि भनिन्छ । तीजको पौराणिक महत्व पनि छ । भगवान विष्णुसँग बिवाहित हुन नपरोस भनेर संगिनीद्वारा हरेर जंगलमा पु¥याएकी पार्वतीले महादेव पती पाउनको लागि गरेको व्रतलाई हरितालिका तीज भन्ने गरिन्छ । आफूलाई मन नपरेको केटासँग विवाह गर्न नचाहाने आधुनिक लोकातान्त्रिक विवाहप्रति श्रेष्ठताबोध गराउने पार्वती महादेव बीचको विवाहलाई ठिकै मान्नु पर्दछ । आफ्नो श्रीमान्को दिर्घायु र स्वाथ्यलाभको कामना गर्दैै भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसेर गरिने शिवजीको पूजालाई पनि तीज भनिन्छ । तर यतितखेर नेपालको तीजमा मौलिक संस्कृति पर्व हुँदारहँुदै पनि पहिलाको मौलिकता हराउँदै गएको छ । विभिन्न प्रकारका फेशन शो गर्ने गर–गहनाको प्रतिस्पर्धा गर्ने र तीनरचार दिन मनाउने तीज पर्व महिनाभर नै मनाउने आफ्नो घर आँगनमा र सार्वजानिक चौरमा नाँचगान नगरेर विभिन्न पार्टि प्यालेस र क्लबहरुमा डिस्को डान्स गर्ने र पश्चिमा भाकामा तीजको मौलिक परम्परा विस्तापित गराउने छाडा गीत गाएर अश्लिता प्रदर्शन गर्ने कुरा आम भईसकेको छ । यसरी तीजमा भेटघाट र रमाईलो भन्दा पनि लुगाफाटो गररगहना देखाउने होडबाजी चलेपछि सभ्य संस्कृती महिलाहरुमा उत्साह हराउँदै गएको देखिन्छ ।

गणतन्त्रात्मक गीत जुराएर राजतन्त्रको मुटु हल्लादिएका चेलीहरुका गीतमा राजनीतिक परिर्वतन, सँगरसँगै आर्थिक सामाजिक र साँस्कृतिक परिर्वतनको लागि यस्तै प्रकारका जागरण गीत हुनुपर्नेमा समाजलाई भ्रष्ट बनाउने खालको अति संस्कृतिलाई प्रदर्शन हुन थालेका छन् । न्याय, स्वतन्त्रता, स्वाभिमान र समानताको सन्देश दिनुपर्नेमा मायाँ पिरतिका अश्लिल गीत गाएर तीजको ऐतिहासिक महत्वलाई समाप्त पार्ने काम भएको छ । अर्कोतिर तीनरचार लाखको सुनको हार र चालिसरपचास हजारको साडी ब्लाउज लगाएर सम्पतीको धाक लगाउने तीज साँच्चिकै चरम आर्थिक अहमनताको प्रतिक बनेको छ । कसैको लागि फेशन सो र उत्सामय भएपनि धेरै नेपाली नारीहरुको लागि यो पर्व पीडा, रोदन र विस्मात्को पर्व बन्दछ । मनको यथार्थ भावनालाई संगितीक आवश्कताका आवाजहरु दमन, शेषण, अन्यायरअत्याचार पीडा मर्मका साथै सामाजिक परिवारिक र राजनीतिक भावनाहरु छताछुल्ल परिदिन्छ । यसरी कसैलाई विस्मात् र कसैलाई हर्ष न कसैलाई पिडा वा अरुको कुनै संयोग जे भएपनि तीजपर्व गीतको माध्यमबाट आफ्नो मनको भावना अभिव्याक्त गर्ने एउटा महत्पूर्ण माध्यम बनेको छ । भने अर्कोतर्फ दिदी– बहिनी, दाजु–भाई एकै ठाउमा भेलाभै मिठा मिठा परिकारहरुसँगै संगीतिक मजा लिँदै सद्भाव र सदाचार साटा–साटागर्न पाउनु यसपर्वको खास महत्व रहेको छ । अन्त्यमा हरितालिका तीजको उपलक्ष्यमा आमा–बुवा, दिदी–बहिनी र सम्पूर्ण नेपालीहरुमा हरितालिका पर्वले मनभित्र परेका सम्पूर्ण पीडा,मर्म र अत्याचार शोषण र विस्मात्लाई अन्त्य गरी सबैलाई सु–स्वाथ्य सुख शान्ती दिर्घायू र सम्बृद्धि छाओस यहि सबै नेपालीहरुलाई शुभकामना ।।।।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु