add frist

गृहपृष्ठ दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिकालाई

दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिकालाई

बुटवल। देविनगरस्थित एन्फा एकेडेमी खेलमैदानमा सम्पन्न दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा कालिका मानव ज्ञान मावि प्रथम भएको छ । प्रतियोगितामा कुल १२ स्वर्ण, ५ कास्य र ४ रजत पदकसहित २१ पटक जित्दै प्रथम हुन सफल भएको छ ।

प्रतियोगितामा ४ स्वर्ण, ९ कास्य र ७ रजत पदक जित्दै नबिन औद्योगिक मावि दोस्रो भएको छ । प्रतियोगितामा न्यु होराईजन मावि ४ स्वर्ण, ४ कास्य र ३ रजत पदक जित्दै तेस्रो तथा कान्ति मावि ३ स्वर्ण, ४ कास्य र ४ रजत पदक जित्दै चौथौ स्थान हासिल गरेको छ ।

नगर खेलकुद विकास समितिको बुटवलको आयोजनामा शुक्रबारदेखि बुटवल–११ एन्फा एकेडेमीको कम्प्लेक्स तथा मैदानमा नगरभित्रका १८ वटा सामुदायिक र ११ वटा निजी गरी कूल २९ वटा विद्यालयका करिब एक हजार ३ सय ३४ जना खेलाडीहरुले विभिन्न खेलमा प्रतिस्प्रर्धा गरेको समितिका अध्यक्ष नन्दु काउचाले बताए । प्रतियोगितामा एथ्लेटिक्स, रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल,कबड्डी, करांते, तेक्वाण्दो लगायतका प्रतियोगिताहरु भएका थिए ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै खेलाडीको पहिचान, प्रतिभा प्रष्फूटन देखि दक्ष प्रशिक्षकको व्यवस्था गर्ने काममा आफुहरु लोगको बताए । कुल १ हजार ३ सय ३४ विद्यार्थी सहभागि रहेको प्रतियोगितामा कुल ३० स्वर्ण, ३० कास्य र ३४ रजत पदकको टुगो लागेको थियो ।

विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लास्तरीय हुंदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको नगर खेलकुद विकास समितिका सदस्य सचिव कोपिला ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु