can
test3

गृहपृष्ठ महिला ह्याण्डबलमा नेपालको विजयी शुरुवात

महिला ह्याण्डबलमा नेपालको विजयी शुरुवात

पोखरा,मंसिर ।  १३ औं संस्करणको साग खेलकुद अन्तर्गत ह्याण्डबल खेल शुरु भएको छ । आयोजक राष्ट्र नेपालले महिला ह्याण्डबलमा सुखद शुरुवात गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकामाथि २९–१९ गोलले पराजित गर्दै सुखद् शुरुवात गरेको हो ।

नेपालको तर्फबाट सर्वाधिक उमा राईले ८ गोल गरिन् । उमाले सबै गोल पेनाल्टीबाट गरेकी हुन् । त्यसपछि कविता राईले ६ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरिन् । नेपालको निशा राई र कल्पना वलीले समान ४ गोलको योगदान गरिन् । कप्तान रञ्जना राई र दुर्गा बोहराले समान २ गोल गरे । बन्दना राई, शान्तिकला राई र रामकुमारी चौधरीले समान १ गोलको योगदा दिए ।

उता, श्रीलंकाको तर्फबाट भने रुवानी डीले सर्वाधिक ७ गोल गरिन् । त्यसपछि, नाडे र सासले समान ३ गोलको योगदान दिए । हर्सिका उदय र दिलुक्सी एमले समान २ गोल गरे । उमासिका र चानिकले समान १ गोलको योगदान दिए । विजेता नेपालको तर्फबाट निषा राईले टोलीका लागि गोलको खाता खोलेकी थिइन् । त्यसपछि कविता राईले टोलीलाई अग्रता दिलाए । श्रीलंकाको तर्फबाट भने जयासिंघे अराच्चिगेले गोलको खाता खोलेकी थिइन् । लोकुरु वाडुभिडानालागे नाडेले दोस्रो गोल गरेकी थिइन् ।

घरेलु मैदानको फाइदा उठाउदै घरेलु नेपाली टोलीले विपक्षी श्रीलंकनलाई खेल अवधिभर पूरै दवावमा राख्न सफल रह्यो । तुलनात्मक रुपमा नेपाली खेलाडी भन्दा श्रीलंकन खेलाडीहरुलाई उचाईमा साथ दिएपनि नेपाली खेलाडीहरुको तिब्र गतिको खेलले सफलता हात लागेको प्रशिक्षक कृष्ण शाक्यले प्रतिक्रिया दिए । टोलीले बनाएको रणनीतिक योजना अनुसार खेलाडीले खेलेका कारण सफलता हात लागेको प्रशिक्षक शाक्यले प्रतिक्रिया दिए ।

श्रीलंकन प्रशिक्षक नेनान्दले नेपाली टोलीलाई बधाई दिए । उनले नेपाली महिला ह्याण्डबल टोलीको खुलेरै प्रशंसा गरे । नेपाल जितको हकदार रहेको उनको प्रतिक्रिया थियो । नेपालको निषा राई र उमा राईलाई रेफ्रीले पहेंलो कार्ड दिएका थिए भने श्रीलंकाको मुख्य प्रशिक्षक नेनान्दसहित हार्सिका उदयले पहेंलो कार्ड पाए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु