test3

गृहपृष्ठ हङ्गकङ्ग माथी सान्दार जीत निकाल्दै नेपाल यू–१९ एसिया कपमा

हङ्गकङ्ग माथी सान्दार जीत निकाल्दै नेपाल यू–१९ एसिया कपमा

बुटवल,असार। हङ्गकङ्ग माथी सान्दार जीत निकाल्दै नेपालले एसीसी यू(१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता २०१९ को उपाधि जितेको छ । आज मलेसियामा भएको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले उपाधि जिते संगै एसिया कपमा स्थान बनाएको हो । हङकङले दिएको ९६ रनको झिनो लक्ष्य नेपालले १६।१ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो । यस आघि टस हारेर ब्याटिङ गरेको हङकङ ४३।१ ओभरमा अल आउट हुँदै ९५ रन मात्र बनाउन सक्यो । हङकङलाइ सस्तैमा समेट्ने क्रममा नेपालको लागि सागर ढकालले १० ओभर बलिङ गर्दै ५ मेडिन राख्दै मात्र १८ रन दिएर ५ विकेट लिए । कमल सिंह ऐरीले ८ ओभरमा २ मेडन सहित २३ रन दिएर ३ विकेट लिए । तिलकराज भण्डारी र कुशल मल्लले समान १ विकेट लिए । कुशल मल्लले ८।१ ओभरमा ५ मेडन सहित ४ रन दिए  ब्याटिङमा नेपालको लागि ऋत गौतमले १४ बल खेल्दै २ चौका सहित १३ रन बनाएर आउट भए । पवन शरार्फले ३६ बलमा ५ चौका र १ छक्का सहित ३९ रन बनाएर आउट भए। खडकबहादुर बोहोराले २२ बल खेल्दौ १ चौका सहित ८ रन बनाएर आउट भए । कप्तान रोहितकुमार पौडेलले १० बल खेल्दै १ चौका सहित १२ रन बनाएर आउट भए । भिम सार्कीले ११ बल खेल्दै १ चौका सहित ८ रन बनाएर नटआउट रहे । हरि बहादुर चौहान पनि नटआउट रहे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु