add frist

गृहपृष्ठ एपिएफ राष्ट्रिय लिगको उपाधि नजिक

एपिएफ राष्ट्रिय लिगको उपाधि नजिक

नेपाल एपिएफ क्लब महिला राष्ट्रिय लिगको उपाधिबाट एक जित टाढा रहेको छ। लगातार दशौं खेलमा जित हात पारेसँगै एपिएफ उपाधि नजिक पुगेको हो।

एपिएफले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपाल पुलिस क्लबलाई २-१ गोलले पराजित गर्‍यो। अब एपिएफले विराटनगर र त्रिभुवन आर्मी क्लबसँग खेल्न बाँकी छ।

जितसँगै एपिएफको १० खेलबाट ३० अंक भएको छ। दोस्रो स्थानको आर्मीको ९ खेलबाट २५ अंक छ। सोमबार भएको खेलमा एपिएफले आत्मघाती गोलको सहाराबाट अग्रता लियो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६७ मिनेटमा एपिएफकी सुस्मा तामाङको क्रस रोक्ने क्रममा पुलिसकी घिमकुमारी गुरुङले आफ्नै पोस्टमा गोल गरेकी थिइन्।

७५ मिनेटमा पुलिसका लागि अमृता जैशीले बराबरी गोल फर्काइन्। एपिएफकी गोलकिपर एन्जिला तुम्बापो अघि बढेको अवस्थामा उनको प्रहारले गोल पोस्टको दिशा लियो। यो एपिएफले जारी लिगमा खाएको पहिलो गोल हो।

खेल सकिन चार मिनेट बाँकी छदा एपिएफले अग्रता लियो। उसका लागि रविना गोलेले गोल गर्न सफल भइन्। (सेतोपाटी)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु