add frist

गृहपृष्ठ टी–२० विश्वकप छनोट : नेपालको शान्दार सुरूवात, ओमान ३९ रनले पराजित

टी–२० विश्वकप छनोट : नेपालको शान्दार सुरूवात, ओमान ३९ रनले पराजित

बुटवल, फागुन । आईसीसी पुरुष टी–२० विश्वकप छनोट अन्तर्गत नेपालले आयोजक ओमानमाथि ३९ रनको जित हात पारेको छ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान निर्धारित १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा समेटियो।

ओमानका लागि नसिम खुसीले २४ रन, आमिर कलिमले ९, जातिन्दर सिंहले ९, खबर अलीले ७, फयाज बटले ६, कलिमुल्लाहले ५, अयान खानले ३, जिसन मक्सुदले २ र सोएब खानले १ रन बनाए।

नेपालका कमल सिंह ऐरीले सर्वाधिक तीन तथा कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान दुई–दुई विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाए। उनले ३७ बलमा २ चौका प्रहार गरे। यस्तै कप्तान सन्दीप लामिछानेले ७ बलमा १६ रन बनाए।

त्यस्तै लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्र सिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ र कमल सिंह ऐरीले १ रन बनाए।

ओमानका खवार अलीले सर्वाधिक ३ विकेट हात पारे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु