add frist

जेठभित्र स्थानीय तहको चुनाव गर्न सहमत

"सत्तारुढ गठबन्धनको बैठक"

बुटवल, माघ । स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र गर्न सत्तारुढ गठबन्धन सहमत भएको छ।

आज दोस्रो पटक बसेको सत्तारुढ दलको बैठकले जेठभित्र स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवामार्फत सरकारलाई सुझाव दिएको हो।

बैठकपछि कांग्रेस केन्द्रीय सदस्य तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जेठभित्रै स्थानीय तहको निर्वाचन गर्न दलहरू सहमत भएको जानकारी दिनुभयो।

उहाँले अब सरकारले निर्वाचन आयोगसँग छलफल गरेर चुनावको मिति तोक्ने पनि बताउनुभयो। संविधानसँग बाझिएका ऐन पनि संशोधन गर्न गठबन्धनले सुझाव दिएको कार्कीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु