add frist

सूर्योदय आधारभूत विद्यालयको ३३ औ वार्षिकोत्सव

रुपा–६, तालबेसीमा रहेको सूर्योदय आधारभूत विद्यालयले ३३ औ वार्षिकउत्सव एवं अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राज कुमार सुवेदीको सभापतित्वमा भएको उक्त कार्यक्रममा वोल्दै प्रमुख अतिथि रूपा गाँउपालिकाकी उपाध्यक्ष लाल सुब्बा गुरूङ्गले विद्यालयमा विध्यार्थी संख्खा वृद्धी गर्नका लागी स्थानी अभिभाबकहरूले चासो दिनुपर्नेमा जोड दिदै गुणस्तरीय शिक्षाका लागि अहोरात्र खट्नुहुने शिक्षकहरु लाई धन्यवाद दिनुभयो । साथै स्कुललाई आफ्नो क्षमताले भ्याए सम्म जिवनभर सहयोग गरिरहने प्रतिबद्धता जाएर गर्नुभयो ।

साथै विशेष अतिथि रूपा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तोश ढुङ्गानाले शुभकामना मन्तव्य राख्दै विद्यालयमा गुणस्तरी शिक्षा प्रदान गर्न सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्र.अ सरीता कुमारी बरालले प्र.अको प्रतिवेदन प्रस्तुत गर्दे विविध शैक्षिक, आर्थिक र भौतिक गतिविधीको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा रूपा गाँउपालिका वडा नं–६ का अध्यक्ष नारायण गुरूङ्ग, वडा नं–७ का कृष्ण सुवेदी, रूपा गाँउपालिका शिक्षा शाखाका वृहस्पति अधिकारी, संञ्जय ढुङ्गाना, वडा नं–६ का सदस्य बुद्धिमाया गुरूङ्ग, विद्यालयका भुतपूर्व अध्यक्ष बिष्णु गुरूङ्ग, विद्यालय व्यबस्थापन समितिका सदस्य तथा समाजसेवी पुष्पराज सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरुद्दारा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरीएको सो कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरीनुको साथै विद्यालयमा लामो समय सेवा गर्ने शिक्षकहरूलाई सम्मान गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु