दुई दिने आधारभुत उद्घोषण तथा भाषण कला तालिम सम्पन्न

बुटवल,असार । बुटवल उपमहानगरपालिका वडा नं ७ वडा कार्यालयको आयोजनामा २ दिने आधारभुत उद्घोषण तथा भाषण कला तालिम आज सम्पन्न भएको छ । आईतबार सुरू भएको तालिम सोमबार सकिएको हो । तालिममा ५६ जना महिला तथा पुरुषको सहभागिता रहेको थियो । बुटवल उपमहानगरपालिका वडा नं ७ का वडा अध्यक्ष पदमराज गाहाको अध्यक्षतामा सन्चालन कार्यक्रममा जेष्ठ नागरिक माता रामकुमारी गुरुङ्गको प्रमूख आतिथ्यता रहेको थियो। वडवासीहरुलाई सक्षम बनाउने उद्देश्यले २ दिने तालिमको आयोजना गरिएको वडा अध्यक्ष पदमराज गाहाले बताए । कार्यक्रममा विपि कोइराला प्रतिष्ठानका सचिव दिनानाथ गिरीले उद्घोषण र भाषण एउटा कला भएकोले वडावासीको सिक्ने चाहानाले उत्साहपूर्ण सहभागिता देख्दा खुसी व्यक्त गर्दै शुभकामना दिएका थिए । दुई दिनको तालिममा सिकाई पूर्ण नहुने हुदा आगामी दिनमा पनि वडावासीलाई सक्षम बनाउन अन्य तालिमको आयोजना गरिने सचिव दिनानाथ गिरिले बताए । तालिममा सहभागी सबैलाई प्रमाण पत्र वितरण गरिएको थियो । तालिममा संचारकर्मी तथा प्रशिक्षक सुजिता श्रेष्ठ, प्रशिक्षक कुमारी थापा र मनु गुरुङ्गले सहजिकरण गरेका थिए । तालिममा सहभागी प्रशिक्षार्थीहरुले तालिमबाट आफूहरुले धेरै कुरा सिक्ने अवसर मिलेको र व्यवहारमा समेत उतार्ने बताएका थिए। तालिमको समापन वडा नं ७ का वडा सदस्य राधा पौडेलले गरेकि थिईन् । समापन कार्यक्रममा बोल्दै उनले दुई दिनको तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतारी सक्षम भएर बोल्न सक्ने हुन आग्रह गरिन् ।
कार्यक्रमको संचालन कार्यक्रम संयोजक होम बहादुर मल्लले गरेका थिए ।