add frist

तमु ह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद्, रुपन्देहीको ४३ औं साधारण सभा सम्पन्न

कात्तिक,बुटवल । तमु समुदायको भाषा, संस्कार, संस्कृतिको सम्वर्दन र प्रवर्धन गर्दै तमु एकता कायम राख्न आवश्यक रहेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् । तमु ह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद्, रुपन्देहीको ४३ औं वार्षिक साधारण सभामा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । शनीबार बुटवलमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमूख अतिथि तमु ह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद्का केन्द्रिय उपाध्यक्ष यम बहादुर तमुले तमु समुदायले आफ्नो पहिचानलाई स्थापित गर्दै राजनीतिक रुपमा सचेत हुनुपर्ने बेला आएको बताए । तमु समुदायको संस्कार र सस्कृतिको मूख्य गरि राज्यले संरक्षण गर्नुपर्ने दायित्व रहेको समेत उनको भनाई थियो । सो अवसरमा मंसिर ४ को आसन्न संघ र प्रदेश निर्वाचनमा रुपन्देहीमा विभिन्न दलबाट गुरुङ समुदायका उम्मेद्वारहरुले आफुहरुलाई मत दिएर जिताउन आह्वान गरेका थिए । सो क्रममा बोल्दै प्रतिनिधि सभा सदस्यका समानुपातिक उम्मेद्वार झम बहादुर गुरुङले देशको मुहार फेर्न र लोकतान्त्रिक समाजवाद्का लागि आफुलाई मत दिन आग्रह गरे । आर्थिक र सामाजिक क्रान्तिका लागि समय आएको बताउँदै तल्लो तहको जनतासम्म आर्थिक पहँ्च पु¥याउन आवश्यक रहेको उनको भनाई थियो । सोही क्रममा उम्मेद्वारहरु होमाया गुरुङ, प्रेम गुरुङ र रेवती गुरुङले आफुहरुलाई मत दिएर विजयी गराउन आग्रह गरेका थिए । कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद जिल्ला संरक्षक सभापती क्या. टेक बहादुर तमु, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रीय सदस्य श्री झपट बहादुर तमु, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रीय सल्लाहकार खेमा लिपी निर्माता बाल नरसिंह तमु, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रीय सल्लाहकार खेमा लिपी अभियन्ता भिम तमु, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् पुर्व केन्द्रिय सचिवालय सदस्य प्रमुख चन्द्र बहादुर तमु, फोनिज रुपन्देही अध्यक्ष सोनु थापा मगर, तमु प्ये ल्हु संघका जिल्ला अध्यक्ष श्री कृष्ण बहादुर तमु, थारु कल्याणकारी सभा रुपन्देही अध्यक्ष सतिश चौधरी, नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं केन्द्रिय भाषिक तथा साहित्य प्रमूख पोविन्द्र गुरुङ लगायतले बोलेका थिए । सभाले सचिव ओम प्रकाश तमुको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष मन प्रसाद तमुले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ । तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीका अध्यक्ष बीमला गुरुङको अध्यक्षतामा भएको कार्यक्रम छोंजधीका उपाध्यक्ष गंगा तमुले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु