७५ वर्षीया तारानाथ सुबेदी १८ दिन देखि सम्पर्क विहिन

पोखरा । कास्कीको रुपा गाउँपालिकाका तारानाथ सुबेदी १८ दिनदेखि सम्पर्क विहिन भएका छन् । रुपा गाउँपालिका वडा नं.-७ तालबेशीका ७५ वर्षीया तारानाथ सुबेदी असार २० गते गतेदेखि सम्पर्क विहिन भएका हुन् ।
असार १५ गते घरबाट ससुराली जान्छु भनी हिडेका तारानाथ ससुराली नपुगी पोखरा तालचोक बाट नारायणघाट पुगेका थिए । खोजी गर्दा असार १७ गते नारायणको पोखराबसपार्क अवस्थित गोर्खालि होटेलमा छु भनी खबर आएको थियो । पछि बुबालाई जेठा छोरा मातृका सुबेदीले फोन गरेर घरमा आउन आग्रह गर्दा होटेलबाट निस्केर घरमा नआइ अहिलेसम्म परिवारको सम्पर्कमा नआएको उनका छोरा मातृका सुबेदीले बताए । पछि होटेलमा आइ बुझ्दा १७ गते बिहान होटेलबाट निस्किनु भएको र घरबाट फोन आयो भने पोखरा गयो भन्दिनु भनेको गोर्खालि होटेलका साउले बताए ।
असार २३ गते दिउँसो देबघाटमा चिया खादै गर्दा गाउँको मान्छेले देखेर घरमा सङै जाउ भन्दा म केही दिनमा आउछु भनी त्यहाँबाट त्रिबेणि जाने गाडीमा चडेका उनी अहिले सम्म परिवारको सम्पर्कमा आएका छैनन् ।
छोरा युवराज सुबेदीले बुबा तारानाथ सुबेदीलाई जहाँ भएपनि चाँडो सम्पर्कमा आउन आग्रह गरेका छन् । त्यस्तै बुबालाई देख्ने जो कोहीले पनि ९८६२४०८७९८,९८६४८९७९५०,९८५६०५३३६८ मा सम्पर्क गरि सहयोग गर्न आग्रह गरे ।