तिलोत्तमा ‘उत्कृष्ट नगरपालिका’

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका उत्कृष्ट नगरपालिका बनेको छ । देशभरका २७६ नगरपालिकाहरु मध्ये तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा शहरी सेवा तथा सुशासनको क्षेत्रमा उल्लेख्य सेवा प्रवाह गरेको भन्दै नेपाल नगरपालिका संघले तिलोत्तमालाई उत्कृष्ट नगरपालिका रुपमा सम्मान गरेको हो ।
नेपाल नगरपालिका संघको २८ औं वार्षिक उत्सववको अवसरमा प्रधानमन्त्री केपी ओलीले तिलोत्तमाका नगरप्रमुख बासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चोधरीलाई कदर पत्र प्रदान गरेका छन् ।