एमालेका ६३ जिल्लामा नयाँ अध्यक्ष निर्वाचित, [सूचीसहित]

काठमाडौं। नेकपा एमालेले ६३ जिल्ला अधिवेशन र २ विशेष जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ । एमालेले मंगलवार नयाँ अध्यक्षहरूको सूची सामाजिक सञ्जाल फेसबूकमार्फत सार्वजनिक गरेको छ ।
पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी ५ जिल्लामा अधिवेशन उद्घाटन भई नेतृत्व चयन र समापन हुन बाँकी रहेको र धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी ९ जिल्लामा अधिवेशनका मितिहरू कोभिङ–१९ महामारीको संक्रमणलाई ध्यानमा राखी पछि तय गरिने एमालेले जनाएको छ ।
विद्यार्थी विशेष र उद्योग–व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरू पनि पछि आयोजना गरिने एमालेले जनाएको छ । जिल्ला कमिटी सरहका सम्पर्क कमिटीमध्ये मधेश प्रदेशबाहेक ६ वटै प्रदेश कमिटीका अधिवेशनहरू पनि सम्पन्न भएका जनाइएको छ ।
कुन जिल्लामा को अध्यक्ष :-