एमाले संसदीय दलको बैठक बस्दै

बुटवल, फागुन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दै छ । बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक आह्वान गरिएको छ ।
बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । विशेषगरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा बैठक केन्द्रित हुनेछ । महाअभियोग प्रस्तावको संसदीय प्रक्रियाबाट प्रतिवाद गर्ने एमालेको तयारी छ ।
एमालेका एक सांसदका अनुसार एमालेले पनि संसद् पुनःस्थापनाको फैसला गर्ने न्यायाधीश र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने बारेमा निर्णय गर्न सक्नेछ ।
यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले आजका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बैठक बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का नेता भने सहभागी हुनेरनहुने टुंगो छैन । एमाले सभामुखप्रति रुष्ट छ । एमाले नेताले सभामुखको राजीनामा समेत माग्दै आएका छन् ।