पराजित मानसिकता भएका गठबन्धनले नराम्रो काम गर्न सक्छन् न्यायप्रेमी जनता सजग रहनुहोला : बाबुराम भट्टराई

बुटवल ,बैशाख । यही वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन २०७९ को नेकपा एमालेकाे तर्फबाट मङ्गलबार उत्साहपूर्ण जनसहभागिता रहेको कोण सभामा परिणत र्याली लाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिका का मेयर पदका उमेदवार बाबुराम भट्टराईले प्रचार प्रसार को अन्तिम दिन जीत सुनिश्चित गर्दै अब चुनाव हुन ३ दिन मात्र बाँकी रहेकाले घर दैलो तथा र्याली लाई तिव्रता दिएको बताए । बुटवल उपमहानगरपालिका का १९ वटै वडामा उत्साहपूर्ण जनसहभागिता रहेको बताए ।
नेकपा एमालेलाई विस्वास गरेर न्यायप्रेमी जन समूदाय र्याली मा सहभागि भएर घरदैलोमा हिडेको मा खुसी व्यक्त गरे । स्थानिय निर्वाचन हुन तीन दिन मात्र बाँकी रहेकाले सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई बाँकी ३ दिनसम्म नथाक्न अनुरोध गरेका थिए ।
पराजित मानसिकता भएका विपक्षी हरू आत्तिएको अवस्था रहेकाले गर्न नहुने काम गर्न सक्छन् भन्दै जनतालाई सजग,सचेत र संयमता अपनाउन समेत आग्रह गरे । बुटवललाई समृद्ध बुटवल र सुखी जनता बनाउने चाहना भएकाले आफ्नो मेयर पदमा उमेदवारी लिएको बताए ।
बुटवललाई आर्थिक केन्द्र को रूपमा शिक्षा, स्वास्थ्य र पर्यटनको रुपमा अगाडि बढाउने ,युवा उद्यमशीलता मा विकास गर्ने,र वैज्ञानिक कृषिमा आधारित गर्ने बताए । यस्ता विकासका सम्पूर्ण काम गर्न का लागि जनताका राय सुझाव समेत लिएर अघि बढ्ने बताए ।
जनताका हौसला लाले सम्पूर्ण बुटवल उपमहानगरपालिकाका उमेदवारहरु लाई समेत उत्साहित बनाएको बताए । बुटवललाई समृद्ध , बुटवल बनाउनका लागि सम्पूर्ण न्यायप्रेमी जनताले नेकपा एमालेलाई विस्वास गरि सूर्य छापमा मतदान गर्न आग्रह गरे ।
अन्य पार्टी मा समेत आस्था राख्ने जनताले एक पटक विचार गरेर गठबन्धनका पछि नलागि सूर्य छापमा मतदान गरि नेकपा एमालेलाई विजयी गराउन समेत आग्रह गरेका थिए ।