add frist

बुटवल एमालेको लालकिल्ला हो कसैले तर्साएर लालकिल्ला तोडिदैन : पौडेल

बुटवल, बैशाख २७ । नेकपा एमालेका उपाध्यक्ष बिण्णु प्रसाद पौडेलले बुटवल एमालेको लालकिल्ला भएकाले कसैले तर्साएर लालकिल्ला नतोडिने बताउनुभएको छ । बुटवलमा एमालेको जित निस्चित भएकाले नगरबासीलाई ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभयो । कसैको प्रलोभनमा परेर प्रभावित नहुन पनि पौडेलले मतदातालाई आग्रह गर्नुभयो ।

नेकपा एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर ४ निर्वाचन प्रचार प्रसार कमिटीले मंगलबार निकालेको बृहत र्यालीलाई बुटवलको आदर्शनगरमा सम्बोधन गर्दै पौडेलले नेकपा एमालेले गरेका काम एक पटक हेर्न आग्रह गर्दै पुर्बअर्थमन्त्री समेत रहनुभएका पौडेलले बाँकी रहेका ठुला आयोजनाका ाकम एमाले नेतृत्व सरकारले कमत्रै पूरा गर्न सक्ने बताउनुभयो ।पौडेलले बुटवलको बिकासले फड्को मारेको बताउदै आफै अवरोध गर्ने आफै सडक बिस्तार भएन भनेर आलोचना गर्ने शैली जनताले बुझेकाले एमाले सरकारको बिकल्प नभएको बताउनु भयो ।

नेकपा एमाले बुटवल नगरका पमुख पदका प्रत्यासी बाबुराम भट्टराईले ३० गते हुने निर्वाचनमा नगरबासीले ढुक्क भएर सुर्या चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो । भट्टराईले एकपटक बुटवल नगरको बिकास गर्ने मौका दिएर आफनो नेतृत्वले गर्ने बिकासको गति हेर्न अनुरोध गर्नुभयो ।

र्र्याली निर्वाचन कार्यलय परिसरबाट आदर्शनगर,प्रगतिनगर,लक्ष्मीनगर, जेसिजचोक हुदै बजार क्षेत्रमा परिक्रमा गरि राममन्दिर लाईनमा पुगेर समापन भएको वडा नम्बर ४ निर्वाचन परिचालन कमिटीका अध्यक्ष हरि कार्कीले जानकारी दिनुभयो ।

र्र्यालीमा वडावासीको उल्लेख्य मात्रामा सहभागीता रहेको थियो । सहभागिताले नै बुटवलमा एमालेको जित सुनिस्चित भएको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदका उमेद्वार टंक प्रसाद पराजुलीले वडामा देखिएको पहिरो वडाको मुल समस्या रहेको बताउनुभयो । बाकी रहेका अधुराकाम र नयाँ योजनाका साथ आफनो वडाको प्रतिबद्धतापत्र तयार गरेको र सोही अनुसार कार्य गर्ने जनाउदै पराजुलीले वडाबासी लाई प्रतिबद्धता पत्र अध्ययन गरी मतदिन आग्रह गर्नुभयो ।

नेकपा एमाले वडा नम्बर ४ मा टंक प्रसाद पराजुली अध्यक्ष पदको उमेद्वार हुनुहुन्छ , एमालेले वडा नम्बर ४ वडामा जनमुक्ती संग तालमेल गरेको छ ,जनमुक्ती पार्टीबाट महिला सदस्यमा खिमा राना,दलित महिला सदस्यमा प्रमिला नेपाली, सदस्यमा नारायण भट्टराई,सुरेन्द्र श्रेष्ठ चुनावी मैदानमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु