add frist

पोखरा मेयरमा एमालेबाट कृष्ण थापालाई टिकट, दिपक पौडेलको टिकट खोसियो

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ । शनिबार पौडेललाई टिकट दिएपछि उहाँको पूरानो भिडियोहरु शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो ।

त्यसमाथि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकरावका कारण कास्की एमाले विभाजित छ । पौडेलले गुरुङ प्यानलबाट टिकट पाउनु भएको हो ।

त्यसपछि उहाँविरुद्ध प्रहार धेरै भयो । अन्ततः उहाँको टिकट फिर्ता लिएर खगराज प्यानलका थापालाई टिकट दिइएको हो । उपमेयरमा भने पुनः मन्जु गुरुङ नै उम्मेद्वार बन्नुभएको छ । यसअघि गुरुङले आफू उम्मेद्वार नबन्ने बताएपनि अहिले मौन हुनुहुन्छ ।

थापा र गुरुङ दुवैजना केन्द्रीय सदस्य हुनुहुन्छ । थापालाई रोक्न पृथ्वीसुब्बाले प्रदेश सरकार आफ्नो बन्ने र त्यहाँ मत नपुग्ने कार्ड फाल्नुभएको थियो ।तर उहाँको कार्ड सफल हुन सकेन । अन्ततः थापालाई टिकट दिइएको छ । थापा २०५४ सालमा पनि पोखराको मेयर भएर काम गरेका ब्यक्ति हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु