वडा नं ७ लाई सास्कृतिक, पर्यटकीय र व्यापारिक केन्द्र बनाउँछु : सीता थापा

बुटवल ,बैशाख । यही वैशाख ३०गते हुने स्थानिय तहको निर्वाचन २०७९को नेकपा एमालेको तर्फबाट मङ्गलबार र्याली को आयोजना गरि घरदैलो कार्यक्रम लाई समेत तिव्रता दिइएकोछ । निकै उत्साहपूर्ण जनसहभागिता रहेको र्याली लाई बुटवल उपमहानगरपालिका वडानं ७ का वडा अध्यक्ष उमेदवार सीता थापाले सम्बोधन गर्दै नेकपा एमालेका तर्फबाट अघिल्लो स्थानिय तहको सरकारले वडा स्तरीय विकासमा गरेका कामहरु मध्य बाँकी अधुरा कामहरु पूरा गर्न जीतको सुनिश्चित गर्दै आफ्नो उमेदवारी रहेको बताईन् । सम्पूर्ण वडा वासीका आमा बनी समस्या समाधान गर्ने बताउदै नेकपा एमालेलाई विस्वास गरी सूर्य छापमा मतदान गर्न आग्रह गरिन् ।
वडामा रहेका समस्याहरु को पूर्ण समधान गरि नमुना वडा बनाउने चाहना रहेको बताउदै शिद्धेश्वरी मैदानका स्तरोन्नति गर्ने बताईन्। कोरोनमाहामारीका कारण रोकिएका कामहरू परा गर्ने , खानेपानी समस्या समाधान गर्ने,शिद्धेश्वरी लालकुमारी विद्यालय मा गुणस्तरीय शिक्षा प्रदान गर्ने र प्राविधिक शिक्षाको समेत व्यवस्थापन गर्ने,वडालाई हिसां मुक्त बनाउने, सोमबारे हाटबजारलाई व्यवस्थित रुपले अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरिन् ।
पाँच वर्ष अवधिमा वडास्तरीय विकासमा नेकपा एमालेले गरेका राम्रा कामहरु लाई स्मरण गराउँदै जीत सुनिश्चित गर्दै अहिले जस्तो बोलेको त्यस्तै वडाको विकासका लागि व्यवहारमा गरेर देखाउने बताईन्।वडा नं ७ का वडा वासीको सधैं भरि शीर उच्च बनाउने , विकास का लागि सधैं अग्रसर भएर काम गर्ने र आफ्नो वडालाई सास्कृतिक, पर्यटकीय र व्यापारिक केन्द्रकै रूपमा विकास गर्न वडावासीका सल्लाह ,सुझाव र हौसला लिएर योजना बनाई त्यसै अनुरुप अघि बढ्ने बताईन् ।
र्यालीमा बुटवल उपमहानगरपालिका वडा नं ७ का वडा वासीको उत्साहपूर्ण सहभागिता रहेको थियो । र्याली नेकपा एमाले वडा नं ७ श्रवण पथ मा रहेको प्रचार प्रसार कार्यालय को प्राङ्गणबाट सुरू भई वडा नं ७ अमरसिंह पथमा कोण सभामा परिणत भएको थियो । नेकपा एमाले वडा कमिटी बसुन्धरा भुषालको अध्यक्षतामा आयोजना गरिएको र्यालीको नेतृत्व जनसांस्कृतिक मंच लुम्बिनी प्रदेश सचिव मोहन रिजाल,नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा इन्चार्ज कल्पना थापा र नेकपा एमाले वडा कमिटीका उपाध्यक्ष निर्मल शर्मा पाण्डेले गरेका थिए ।
र्यालीको व्यवस्थापन नेकपा एमाले वडा कमिटी सचिव कृष्ण प्रसाद गौतम लगाएत नेकपा एमालेका अग्रज तथा युवा कार्य कर्ताले गरेका थिए। कोण सभामा परिणत भएको र्यालीको समापन नेकपा एमाले प्रदेश सचिवालय का पुरण गुरुङ ले गरेका थिए । पर्यटकीय स्थल हिलपार्कलाई थप विकास र विस्तार गर्ने, निलकण्ठ बाबाधाम मन्दिर को धार्मिक तथा सांस्कृतिक विकास गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।