can
test3

गृहपृष्ठ भोली होइन, आजैबाट लागौ । शुन्य पोलिथिन नमुना नगर बनाऔ।।

भोली होइन, आजैबाट लागौ । शुन्य पोलिथिन नमुना नगर बनाऔ।।

वर्तमान समयमा प्लाष्टिक प्रदुषण एक गम्भीर समस्या बनेको छ ।वातावरण संरक्षण सम्बन्धी सचेतनाको स्तरमा वृद्धि गर्न रुपन्देहीको बुटवल उपमहानगरपलिका , तिलोत्तमा नगरपलिका , सिद्धार्थनगर नगरपलिका , गगाउपलिका लगायत सबै क्षेत्रमा शुन्य पोलिथिन अभियान तीव्र रुपमा चालिरहेको छ । नदीनाला , भुमिलाई शुन्य पोलिथन बनाउन र देशकै नमुना नगरपलिका बनाउने सो अभियान सन्चालनमा आएको छ । अहिले विभिन्न सरकारी तथा गैरसरकारी संस्था , शैक्षिक संस्थाहरुमा पनि यो अभियानको सकारात्मक प्रभाव परेको वातावारण विद् तथा शुन्य पोलिथिन तिलोत्तमाका अभियान्ता निपेश ढाकाले बताउनु भएको छ । शुन्य पोलिथिनको अभियान ठाउँ ठाउँमा जोडदारका साथ चरिरहेको छ ।

यो प्लाष्टिक नगल्ने बस्तु भएकाले नाली ,खोला ,खोल्सा ,नदीमा प्रत्येक दिन थुप्रिदै र बग्दै जाने गरेको छ । प्लाष्टिक पुनःचक्रण गरी पुनः प्रयोग पनि गर्न सकिदंैन ।त्यसैले शुन्य खुला पोलोथिन अभियानलाई सफल बनाउन जथाभावी फोहोर फ्याक्नेलाई दण्ड–जरिवाना गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी पूरा गर्दा यो अभियान सफल हुने उनीहरुले बताएका छन् । फोहोर गर्नेलाई दण्ड–जरिवानाले मात्र व्यवहार परिवर्तन गराउने बताएका हुन् ।

आनन्दवन–शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष केशवराज न्यौपानेले खुला दिसामुक्त अभियान जस्तै शुन्य खुला पोलोथिन अभियान पनि सफल हुने बताउनु भएको छ । अहिले मानिस प्लाष्टिकको यति धेरै प्रयोग गर्दै आएका छन् जस्तै कि प्लाष्टिकको झोला होस् या समान त्यो विना मानव जीवन नै अधुरो भए जस्तो । शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष हरि तिवारीले अटेर गरी जथाभावी फोहोर फ्याक्नेलाई जरिवाना तिराउने संयन्त्र निर्माण गर्न नगरपालिकालाई आग्रह गर्नु भएको छ । मानिसकै प्रयोगका कारण बढी प्रदुषण हुने गरेकाले मानवीय सोच र बानीको सरकारात्मक विकास गरी शुन्य पोलिथिन जिल्ला घोषण गर्न सबैको सहयोग आवश्यक मानिन्छ ।

प्लाष्टिकको बनावट

प्लाष्टिक ग्रीक शब्दको प्लाष्टिकोस बाट बनेको छ । जसको अर्थ सजिलै तरिकाले जुनसुकै आकारमा परिर्वतन हुनु हो । अर्थात जे बनाए पनि बन्नु र जसरी प्रयोग गरे पनि सहज हुनु । प्लाष्टिक प्रेटोलियम पदार्थबाट विसर्जित सिनथेटिक रेजिनबाट बनेको हुन्छ । रेजिनमा प्लाष्टिक मोनोमास , एमोनिया र बेन्जिनको संयोजनबाट बनाइएको हुन्छ । यसमा क्लोरिन, फ्लोरिन , कार्वन , नाइट्रोजन , हाइड्रोजन, अक्सिजन र सल्फरको अणु मिसिएको हुन्छ । प्लाष्टिक स्वाभाविक रुपमा विघटित हुदैन ।

कारण

– हाम्रो दैनिक जीवनमा उपभोग हुने प्राय सामानहरुमा प्लास्टिकको प्रयोग हुनु,
– मानिसले एक चोटी प्लाष्टिक उपयोग गरेपछि फालिदिनु,
– सस्तो र सहजताले बजारमा उपल्व्ध हुनु ,
– प्लाष्टिककको फोहोर सही छनौट गरी सही विस्थापन नगरिनु ,
– सरकारले कही कतै पनि सही तरिकाले कडा नियम लागु नगर्नु । नियम लागु गरिएपनि त्यसको अवलोकन , अन्वेषण तथा अनुगमनमा अत्यन्तै कमजोर देखिनु ,
– प्लाष्टिकको प्रयोग घरगृहस्थीमा अत्याधिक हुनुका साथै कृषि , चिकित्सा, भवन निमार्ण , विज्ञान ,शिक्षा, मनोरन्जन , अन्तरिक्षको हरेका कार्यक्रममा उपायोग हुनु,
– प्लाष्टिक बाट निर्मित बस्तु वा समानको प्रयोग लाई निषेधित गरी फाइबर युक्त झोला, वा समानको प्रयोगमा जोड नदिइनु , 

यसकारण ग्रमीण क्षेत्रमा यसको पै्रभाव धेरै पारेको देखिन्छ , । वन्य जीव ,बन्य आवास, भुमि ,मानिस यसले नकारात्मक असर पारिरहेको छ एकातिर प्लास्टिकको औद्योगिक विकासले धेरै तरिकामा जीवनलाई सहज बनाएको छ भने यसको उत्पादनले जीवनको हरेक चरणलाइ उत्तिकै असर गरेको छ। एक चोटी मात्र उपयोग गरी फलिन्छ । मानिसले प्लाष्टिकको बोतल , झोला , खोला ,नाला ,सडक बाटोमा फालिदिन्छन् ।।तर सही ठाउमा विस्थानि गर्न एकदमै जरुरी छ । हरेक साल संसारमा १०० मिलियन टन प्लाष्टिकको उत्पादन भइरहेको छ सबै प्लाष्टिक बग्दै समुन्द्रमा पुग्दै समुन्द्रको पानी र पानी जन्य जीवलाई असर पुग्ने गर्छ । । सरकारले कहिल्यै पनि सही तरिकाले प्लाष्टिक प्रयोगको कडाई गर्न सकेको छैन ।

वायुमण्डलमा पार्ने प्रभाव

आजको भौतिक युगमा मानिस प्लास्टिकको आवश्यकता भन्दा बढी गरेको प्रयोगले दुरगामी र विषालु वातावरणको सिकार बन्दै गएको छ । प्लास्टिकको तीव्र प्रयोग र यसको वातावरणमा पर्ने प्रभावको सम्बन्धमा हालैका वर्षहरुमा थप चिन्ता बढेको छ। तथ्यांक अनुसार, विश्वव्यापी रूपमा हरेक मिनेट १० लाख सम्म प्लास्टिकको झोला प्रयोग गरिन्छ। कुहिन कम्तिमा ४५० वर्ष लाग्ने र जलाउदा पोलिक्लोरोनेटेड बाइफिनाएल र डाइअक्सिन जस्ता हानिकारक ग्याँस निस्किने हुँदा यसको प्रयोग वातावरणमा मात्र नभई अरु पशुपंक्षी तथा समुद्री जीवनलाई पनि हानिकारक छ ।
यसले भूमिको प्रजनन क्षमतालाई कम गर्दछ । यति मात्र नभई पोलिस्टेरेन पोलिमरहरूबाट बनेका फोम कप, दही र डेली कन्टेनर जस्ता प्लास्टिकका समानहरु जलाउदा स्टिरेन ग्याँस उत्सर्जन हुन्छ जुन सजिलै छाला र फोक्सोबाट अवशोषित भई हृदय रोगको जोखिम बढाउनका साथै स्वासप्रस्वासको समस्या पनि निम्त्याउँछ । प्लास्टिक उत्पादनको क्रममा उत्सर्जन हुने विषालु रासायनिक पदार्थ वातावरणमा पर्ने नकारात्मक प्रभावको महत्वपूर्ण स्रोत हो भने यसको निर्माणमा प्रयोग गरिने रासायनिक अवयव क्यान्सर लगायत पानी,जमीन,र वायु प्रदूषणको पनि मुख्य स्रोत मानिन्छ।

मानिसमा पार्ने प्रभाव

प्लास्टिकको निर्माण तथा विनाश दुवैबाट पर्ने असरहरु बारम्बार परिरहेको नै छ ।मानिस , पशुपन्छी ,गाई, भैसी प्लाष्टिक खाएर मार्ने गरेका छन् भने शहरमा पनि नाला ,ढल निकासमा प्लाटिकका झोला, बोतल भरिएका हुन्छन् जसले डेंगु, मालेरिया जस्ता रोगको संक्रमण पनि लाग्ने गरेको छ । एकातिर प्लाष्टिक नगल्ने बस्तु हो भने अर्काेतिर प्लाष्टिक जलाउदा निस्कने धुवाँले वायुमण्डलमा र जलवायुमा समेत नकारात्मक असर निरन्तर पारिरहेको छ । अनि मानवीय स्वस्थ्यलाई असर गर्ने हावालाई समेत दुषित गर्दछ जसले मानवीय स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन दुवै तवरले नकारात्मक असर पारिरहेको छ । मानिसलाई मलेरिया , डेंगु , दम , रुघाखोकी , छालाको समस्याका साथै श्वासप्रश्वास क्रिया लगायत विभिन्न रोगको संक्रमणले लाखौ मानिस विरामी हुने गरेको पाइन्छ ।

युएनईपीले गरेको एक अद्ध्यन अनुसार समुद्रमा भएको प्लास्टिक प्रदुषणका कारण प्रत्येक वर्ष एक लाख समुद्री चराचुरुंगी, अनगिन्ति माछा र अन्य प्राणीहरुको मृत्यु हुने गरेको छ। यद्यपि, कुनै एक जनावरको मृत्यु संगै प्लास्टिकको असरको अन्त्य हुदैन । यसरि मरेका जीवको शरिर कुहिएर जान्छ तर तेस्ले निलेको प्लास्टिक फेरी वातावरणमा जस्ताको तस्तै रहन्छ र अरु जनावरहरुलाई असर गर्छ । प्लास्टिक, थ्यालेट्स (डाइ इथाइल हेग्जाइल थ्यालेट्स), बीपीए (बिस्फेनोल ए), मक्युरी, क्याडमियम जस्ता विशेष रसायनहरू सानो स्रोत भएकोले गम्भीर चिन्ता बढेको छ।

रोकथाम

यसरी सरकारले प्लास्टिकको झोला बिक्री,वितरण,आयात र निर्यातमा राष्ट्रव्यापी प्रतिबन्धको घोषणा गर्दा पनि यसको उपभोग र उत्पादनमा केहि असर परेको छैन । बिगतका केहि वर्ष देखिनै सरकारले प्लास्टिकका झोलामा प्रतिबन्ध लगाउन कडा कानुन र नीतिहरू बनाए पनि कमजोर विनियमन, र जागरूकताको सामान्य कमीले गर्दा यसको प्रयोगमा भने कमि आउन सकेको छैन । यसmाई रोक्नाका लागी हामीबाटै यसको सुरुवात हुनु पर्छ ः
 प्लाष्टिक प्रयोगलाई फाइबरको प्रयोगमा बदल्ने,
 बजार ,व्यवसाय,लगायत हरेक क्षेत्रमा प्लाष्टिकको प्रयोग गर्नमा निरुत्साहित गर्ने ,
 एकचोटी प्रयोग गरिएको प्लाष्टिकको समान वा झोलालाई पुन प्रयोगमा ल्याउन सक्ने बनाउने ,
 प्लाष्टिक जलाउने भन्दा पनि विस्थापन गर्न लगाउने ,
 हरेक कार्यलय, संघसंस्था , निकाय , पालिकामा प्लाष्टिक प्रयोग कम गर्नका लागी फाइबर युक्त बस्तुको उत्पादन र बजारीकरण गरी त्सैको प्रयोग गर्न लागउने,
 प्लाष्टिक प्रयोगलाई कम गर्न मानिसमा परेको असरलाई देखाउदै प्लाष्टिक प्रयोगमा कमी ल्याउने सचेतनाका कार्यक्रम सक्रिय रुपमा चलाउने,
 प्लाष्टिकको प्रयोग गर्ने बानीलाई रोक्न व्यक्ति व्यक्तिबाटै शुन्य पोलिथिनको अभियान चलाउने ,
 शुन्य पोलिथिन कार्यक्रममा सहभागी संस्था वा व्यक्तिलाई स्थानीय निकायबाटै पुरस्कार दिने ,
 प्लाष्टिक प्रयोग गर्नेलाई दण्ड तथा कडा जरिवाना लगाउने ,
 हरेक गाउँ , क्षेत्रमा , पालिकामा शुन्य पोलिथिनका लागी फोहोर व्यवस्थापनका लागी राखिएका कन्टेनरको अनुगमन गर्ने,
 सबै स्थानीय तहमा शुन्य पोलिथिन भए उचित चिन्हका प्रयोग गर्ने र अरु स्थानीय गाँउ वा तहलाई नमुनाको रुपमा देखाउने ।

यसकारण दीर्घकालीन योजना तथा उत्पादक र प्रयोगकर्ताहरुलाई सस्तो र सुविधाजनक विकल्प प्रधान नगरि प्लास्टिकको प्रयोगमा रोक लगाउनु सरकारको गल्ति मानिन्छ। प्लास्टिक उद्योगले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेलेको छ । प्लास्टिकको उचित विकल्प खोज्न, उत्पादनको गुणस्तर बढाउन र प्लास्टिक फोहोरको उचित व्यवस्थापन गर्न दिर्गकलिन योजना को आवश्यकता छ ।

प्लास्टिकबाट मुक्त हुन आजपनि जथाभावी फाल्ने, जलाउने र फोहोरमैला व्यवस्थापन स्थलमा थुपार्ने जस्ता अनुचित कार्यहरु रोक्नका लागी बुटवल , भैरहवा पालिकालगायतका नगरपलिकामा फोहोर मैला व्यपस्थापनमा विशेष योगदान दिइएको छ । तर त्यतिमात्र नभई नहुने भएकाले प्लास्टिकको पुनःप्रयोग र पुनःतयार गर्ने हो भने हरेक वर्ष आयात गरिने प्लास्टिक को मात्र घटाउनुका साथै फोहोर व्यवस्थापनको समस्यालाई पनि केहि हद सम्म समाधान गर्न सकिन्छ। फोहोरको सुरक्षित निकासीको लागि पूर्वाधारको विकास गर्न आवश्यक छ। प्लास्टिक पुनःचक्रीय प्रयोगको समयमा प्रदूषण कम गर्नुका साथै ऊर्जाको संरक्षण हुने ढङ्गले कार्य अगाडी बढाउनु पर्छ। पुनःचक्रीय प्रयोगको भविष्यको सफलता प्लास्टिक फोहोरको प्रभावकारी संकलन र विभाजन प्रणालीको विकासमा निर्भर रहनेछ । प्लास्टिकमा प्रयोग गरिएको पोलिमरको प्रकारको आधारमा यसलाई लेबलिंग गर्ने हो भने पुन प्रयोग र पुनःचक्रीय प्रयोग प्रभावकारी ढंगबाट सम्पन्न गर्न सकिन्छ।

प्लास्टिको झोला को उपयोग कम गर्न हामी, उपभोक्ताहरुले पनि आफ्नो तहबाट योगदान गर्न सक्छौ। बजार जादा आफ्नै जुट अथवा कपडाको झोला बोकेर जाने, प्लास्टिकको झोलाको प्रयोग सकेसम्म नगर्ने र यदि गरिहालियो भने त्यसको पुनः प्रयोग गर्ने जस्ता स–साना कुराले पनि वातावरणमा एकदम ठूलो फरक पर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु