add frist

गृहपृष्ठ बलेको आगो

बलेको आगो

"बिचार "

मानिस चेतनशील प्राणी हो । प्रकृतिले अरु प्राणीलाई भन्दा मानिसलाई विवेक थपिदिएको छ । विवेकशील बुद्धिलाई उपयोग गर्दै मानिसले जीवनलाई आकर्षक बनाउन सफल भएको छ । बा, आमा, भाइ, बहिनी, पतिपत्नी, कुलकुटुम्ब, छरछिमेक, इष्टमित्र सबसंग आ¥ आफ्नै किसिमको व्यबहार गरी आफूलाई सफल मानवका रुपमा प्रदर्सित गर्नु विबेकका कारणले सफल भएको हो । भूत, बर्तमान र भविष्यलाई ख्याल गरी आफ्ना बाहुबलको प्रयोगबाट प्रगति र उन्नतितर्फ लाग्नु सफल मानव साच्चै अरु प्राणी भन्दा ज्यादै भिन्न रहेको छ । पृथ्वीमा रहेका सबै प्राणीहरुलाई कुनै न कुनै रुपबाट आफ््नो कब्जामा ल्याई उपभोग्य बस्तुका रुपमा राख्न मानव सफल छ । त्यति मात्र नभएर धर्तीमा रहेका वनस्पतिहरु पनि मानिसका उपयोगी उपभोग्य बस्तुहरु बनेका छन् ।
मानिस परिश्रमी तथा मेहनति प्राणीका रुपमा धर्तीमा स्थापित छ । आफ्नो सिपलाई परिचालन गरी अर्थोपार्जन गर्दै मानिसका दिनचर्या बितिरहेका हुन्छन् । विश्वमा हाबि भएको पूँजीबादी जीवन शैलीमा जोसंग पूँजी छ त्यसले बिलासिताको जीन्दगी बिताई रहेको हुन्छ । उसका पछाडि धेरै मानिसहरु कुनै न कुनै रुपमा नजिक भएका हुन्छन् । हुनेखाने अर्थात अर्थतन्त्र बलियो भएका मानिसको बोली बिकिरहेको हुन्छ । उसका अगाडि बोल्ने कसैको पनि आँट हुदैन । सार्बजनिक रुपमा बोलेका कुरा ठूलाले भनेपछि कानुन जस्तै हुन्छन् । ‘पैसाले पैसा तान्छ’ भने झैं बिना श्रम उसको ढुकुटीमा दिनहुँ अर्थतन्त्र थपिदै जान्छ । उपभोग्य बस्तुहरु उच्च किसिमका हुन्छन् । ऐश आरामका बस्तुहरु संपूर्ण परिवारका निम्ति पुगी रहेको हुन्छ । समाजमा त्यस्ता व्यक्तिको मान मर्यादा तथा उच्च सम्मान हुन्छ । ठूलै जघन्य अपराधमा पनि उसको बिरुद्धमा कोही निस्कदैन । उसले जे भन्यो ‘आगोमा घिउ’ थपे झैं समर्थनका लहरहरु उर्लेर आउछन् । मानौं ऊ त्यस समाजको अधिपति हो ।
प्ौसा नै सर्वोपरि हुने देशहरुमा सबै मानिसहरु धनी एवं संपन्नशाली हुदैनन् । कूल जनसंख्याको एक चौथाइँ मानिस शौखिन हुन्छन् । उनीहरुलाई आरामदायी जीवन बिताउन कुनै पर्वाह हुदैन । करिव आधा मानिसहरु मध्यम बर्गका हुन्छन् । तिनीहरु आफ्नो चलाखीपूर्ण जीवन शैलीका कारण समाजमा प्रतिष्ठालाई उच्च बनाउदै सभ्य नागरिकको परिचय दिई रहेका हुन्छन् । बाकी एक चौथाइँ मानिस अर्काको भरमा बाच्न बिबश छन् । उनीहरुलाई आफ्नो पाखुरा बेच्दा पनि जीवन धान्न बडा मुस्किल परिरहेको हुन्छ । त्यो बर्ग दिनानुदिन गरिवीताको दिशातर्थ उन्मुख हुदै जान्छन् । अति इमान्दार श्रमिक बर्ग भनेकै त्यही बर्ग हो । जुन बर्गले परिश्रम नगर्ने हो भने उच्च बर्गका मानिसहरुको आय अबरुद्ध हुन जान्छ । त्यस्तो इमान्दार बर्गको बोली कसैले सुन्ने वाला छैनन् । त्यस बर्गबाट सामान्य गल्ति हुन जादा ठूलै सजाय भोग्नु पर्ने हुन्छ । विशेष किसिमको गल्ति हुदा त सधैंका लागि कठघरा समाउनु बाहेक अरु केही हुदैन । त्यस बर्गका निम्ति सहानुभूति वा गल्तिमा क्षमा भन्ने कुरा हुन सक्दैन । त्यस बर्गका निम्ति वकालत गर्ने कुनै व्यक्ति वा समूह हुदैन । ुबै बलेको आगो ताप्ने गर्छन् । निभेको आगोलाई कोही कोही फुक्न चाहदैन । उच्च बर्गका मानिसहरुले जानेर गल्ति गर्दा समेत ढाकछोप गरिन्छ । यदि प्रकाशमा आयो भने पनि त्यसका बिरुद्धमा कतै स्वर सुनिदैन । सबै जोगाउने र छोप्ने कार्यमा एकजुट हुन्छन् । कालो बस्तुलाई सेतो बनाइन्छ । सबैले एक स्वरमा सफाइको जाहेरी सुनाउछन् । मान्छे मार्ने , बलत्कार गर्नेसम्मका हरकतमा समेत नभएका प्रमाण जुटाएर सक्कली इमान्दारको तक्मा भिराइन्छ । सबै हुनेखानेतिर लाग्छन् । समाजमा दुई पक्षका बिचमा घटनाका बारेमा युद्ध हुदा उच्च बर्गको व्यक्ति विजयी हुल्छ । तल्लो बर्ग पीडा बोधका साथ रोही रहेको हुन्छ । सबै मानिसहरु बलेको आगो ताप्न लम्पसार परिरहेका हुन्छन् । चोट पर्नेलाई सही नसक्नु भैरहेको हुन्छ । तर के गर्ने ? खै यस्तो कुसंकारको अन्त्य कहिले होला ,,,,,? निभेको आगो प्रयत्न गरी फुकेर दन्काउने दिन यी आँखाले देख्न पाउलान् ? न्युन बर्गीय समुदायमा पनि बलेको प्रकाशले जीवन उज्ज्वल गराउला ? यस्ता प्रश्नहरुको उत्तर खोज्नु आजको अपरिहार्य आवश्यकता हो । आजका बौद्धिक समुदायले निभेको आगो बलाई समुन्नत समाजको सिर्जना गर्दै पूँजीबादी शैलीलाई समाजबादी शैलीमा रुपान्तरण गरी समतामूलक समाज निर्माणतर्फ लाग्नु पर्दछ । यसैबाट मात्र संपूर्ण मानवको हित हुनेछ । यही नै मानवको कल्याणकारी उपाय हुनेछ । अस्तु ।

भरतमणि भट्टराई
श्री रामकोट माध्यमिक विद्यालय
रुपा. ७ , कास्की ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु