add frist

गृहपृष्ठ पालो फर्कला ?

पालो फर्कला ?

प्राचीनकालदेखि बसोबास गरिदै आएको मूल थलो सबै मानिसका निम्ति जननी बनेको हुन्छ । पशुपक्षीहरु दिनभर खानाको खोजीमा यत्रतत्र भौंतारिएपछि बेलुका आफ्नै बासस्थानमा फर्किए झैं मानिसहरु पनि उन्नति प्रगति एवं अन्य आवश्यकता परिपूर्तिका लागि सर्बत्र(अन्य मूलुक) गएता पनि मातृभूमिलाई संझेर आमाको काखमा लुट्पुटिन पर्ने हो, तर बिलाशिता एवं ऐशआरामले भुलेर त्यसो हुन सकेको देखिदैन । आफू को हो ? र दायित्व के हो ? भन्ने कुरा बुझ्न नसक्दा आफ्नै आमालाई समेत बिर्सन मान्छे पछि पर्दैन । आमाको स्नेहबाट जुन माटोमा जन्मिन्छ, त्यहाको वातावरणले उसलाई समायोजन गरेको हुन्छ । त्यहीको हावा लिई उसको मुटु चलेको हुन्छ । त्यस्तो पबित्र जननीलाई चटक्कै भुलेर आज मानिस अर्काको भूमिमा दास बनिरहेृको छ । आफ्नो बिगतलाई बिर्सेर अहिलेको सुखभोगलाई अँगाली नेपालीपन नै गुमाउनु आमालाई नै अपमान गर्नु हो । अहिलेको ऐश, मानप्रतिष्ठा,धनदौलत लगाएत बिलासी जीवन बिताउने सुअवसर कस्ले दिलायो ? कहाबाट हुर्केर बृद्धि विकास हुदै यहासम्म आइपुकेको हा ?जस्ता प्रश्नहरु प्लायन भएका मानिसहरुका दिमागमा मडारिनेहो भने देशले खस्कदो अवस्था भोग्न पर्ने थिएन । साच्चै ती मानिसहरु आमाप्रति स्नेह भाव राख्ने हो भने मातृभूमिले विकासको काचुली फेरी नवीन सोच एवं शैलीको विजारोपण भई अग्रगामी दिशा समात्ने कुरामा दुईमत नरहला ।
आज पहाडी गाउहरु रित्तो हुने अवस्थामा छन् । हैसियत बलियो हुने र नहुने दुबै खाले मानिसहरु गाउलाई छाडेर शहर पसिरहेका छन् । युवाहरु रोजगारीका निम्ति जादै गर्दा गन्तब्यमा पुग्न नपाउदै यता श्रीमती कुम्लो बोकी बजार पस्ने र बजारको रमझममा रमाउने गर्दछन् । भएभरका गाउका घरहरु खाली भएका छन् । खे ितगर्ने उत्पादनशील जमिनमा पाति, वनमारा उम्रिएको छ । दैलामुनि चिलाउने र बुट्यानले जंगली जनावरको बासस्थानलाई सघाएको छ । बिगतमा उत्पादन हुने मसिनो, मार्सी, कोइली, बास्मति , झिनुवा, बिरम्पूmल आदि धानहरु त्यस्तै भटमास, मुगी, रहर, अडहर, गहत, मस्याङ, अत्तासी लगाएतका गेडागुडी अनि तोरी, रायो, चम्सुर, मेथि, जुवानो, सर्सिम, तोरा लगाएत तेलहन जस्ता वाली उत्पादनले मानिसका दैनिक जीवनमा उपयोग हुने बस्तुहरु आफूलाई पुगेर पनि बजारमा बिक्री हुन्थ्यो । गाउका श्रमजीवी मानिसहरुको पसिनाबाट शहर पालिएको थियो । शहरका मानिसहरु मिठो खानका निम्ति गाउमा पाहुना हुन जान्थे र आवश्यकीय खाद्यबस्तु खरिद गरी ल्याउथे । जीवन परिचालनमा सहजीकरण होस भन्नाका लागि वैवाहिक संबन्ध पनि शहरीयाहरु गउका मानिससंग स्थापित गर्दथे । गाउले जीवन सबैका लागि लोभ लाग्दो थियो । गाउका मानिसदेखि शहरका मानिसहरु डराउथे । गाउमा चादबाड तथा पाहुना आउदा खिर, सेल, चाम्रे, अर्सा, फिनी, मनभोग, क्वाँटी आदि फलफूलहरुमा सुन्तला, कागती, भोगटे, निवुवा, नास्पति, अनार, अँगुर, लिचिलगाएतका बस्तुहरु खुवाइन्थ्यो । गाउका वनमा पाइने महत्वपूण बस्तुहरुमा चौटाजोर, पाँचऔंले, पखानवेद, गाईखुरे, चिराइतो, किमकाफल, कालो हलेदो, बाटुलपाते, असुरो, निम, भक्याम्लो, दुधे, जटामसी, निरमसी, नुनढिके आदि औषधीजन्य वनस्पतिका साथै ज्वानो, तिमुर, धनिया, बेसार, लसुन, अदुवा, प्याज जस्ता मसलाजन्य उपभाृग्य बस्तुहरु गाउबाट उत्पादित भईबढी भएको बजार निर्यात हुने गर्दथ्यो ।यतिसम्मकि घरघरमा तान बुनेर कपडा बनाइन्थ्यो । संपूर्ण मानिसहरु कृषि पेशामा आश्रित थिए । किटनासक बिषादि तितेपाति,असुरो, निमखिर्रो, गाइको गहुत मिलाएर बनाइन्ग्यो । गाउका सबै मानिसहरु आफ्नै पाखुरीमा आत्मनिर्भर भएका थिए । बसाइसराइ शहरबाट गाउतिर हुने गर्दथ्यो । गाउले जीवन धेरै शुखी र आनन्ददायी थियो ।
घरयासी व्यबहार संचालन गर्ने र बचत गर्ने बानीले मानिसहरु शुखबोधको अनुभू ितगर्दथे । सामान बिनिमयका कारण पैसा कम खर्चनु पथ्र्यो । समाजमा लेनदेन, सरसापट,ऐंचोपैंचो, पाठपूजा, भोजभतेर, विवाह, बर्तबन्ध, जातीय कर्महरु, मनोरञ्जनात्मक कार्यक्रमहरु, दण्डसजाय, मुद्दा हेर्ने, अनुशासन, नैतिकता, उदौली,उघौली लगाएतका कार्यहरुमा गाउ पूर्णरुपमा आफ्नै शिद्धान्तमा अडिग थियो । सामाजिक संरचना मिश्रित भएपनि मित्रतापूर्ण व्यवहारले सबै जाति एकअर्काका पूरक हुनुको साथै मिलनसार भई जिएका थिए । एउटाको समस्यामा सबैको सहयोग हुन्ग्यो । उत्सब तथा रमाइला कार्यक्रमहरुमा सबै जुटेर मनाउने प्रचलन थियो । संपूर्ण गाउ नियम र पद्धतिमा बाँधिएको थिए । तर आज त्यो अवस्था पाउन ज्यादै कठिन भएको छ । समाजमा व्यक्तिबादी चिन्तन हाबि भएको छ । यसका कारण कसैले कसैलाई नटेर्ने, छोराछोरीले आमाबाबुलाई नगन्ने, नैतिकता र कर्तब्यलाईभुलेर मानिसहरु अवसरबादी जालमा रुमलिएको छ । गाउमा बसाइसचाइको बिकराल स्थिति मर्दा मलामी जाने मानिसहरुको अभाब भएको छ । काम गर्न नसक्ने बृद्ध मात्र बडा दुखका साथ जिविका गरिरहेको स्थिति गाउमा देखापरेको छ । संपूर्ण युवा शक्ति खाडी तथा अन्य देशहरुमा रहेका र अर्धदक्ष जनशक्ति शहरतिर बसोबास गरिरहेको विद्यमान स्थिति छ । आफ्नो घरबारी, परिवारलाई पुग्ने प्रशस्त जमिनमा सिस्नो उमारेर बजारकोछिडीको चिसो कोठाभाडामा लिन रमाउने आजका मानिसहरुलाई कस्तो तरिकाले परिचित गराउन पर्ने हो ? बास्तबिकता बुझी नसक्नु छ ।
गाउँबाट यसरी बिस्तापित हुदै जाँदा अबको दशवर्षमा गाउँको जनजीवन कस्तो होला ? सजिलै अनुमान लगाउन सकिन्छ कि गाउँ मानव शुन्य झैं हुन्छ । यसलाई पुनः व्यबस्थित गर्न सरकारी तवरबाट गाउँलाई व्यबस्थित र आकर्षक बसोबास योग्य स्थल बनाउन योजनाबद्ध नीति अबलम्बन गरिनु पर्छ । उद्योग, यातायात, संचार, शिक्षा स्वास्थ्य, सुरक्षालगाएत मानवीय आबश्यकताको प्रत्याभूति हुनेगरी सरकारी(केन्द्रदेखि स्थानीय तहसम्म) तवरबाट बिभिन्न योजनाहरु संचालन गरिएमा पुनः गाउँ आकर्षक जनबस्तिमा परिणत हुनेछ । सबै मानिसहरु गाउँमा आकर्षित भई लोभिनेछन् । पर्यटकको आकर्षण, सुखदायी जीवन बिताउने रमणीय स्थनका रुपमा गाउँ चिनिनेछ । बस्तिहरु सुन्दर एवं मनमोहक बन्नेछन् । के यस्तो भएमा पुनः हाम्रा गाउँको पालो फर्किएला ? भविष्यले देखाउला ।

भरतमणि भट्टराई
श्री रामकोट माद्यमिक विध्यालय
रुपा.७, कास्की ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु