add frist

गृहपृष्ठ कोरोनाः रोग एक, प्रभाव अनेक

कोरोनाः रोग एक, प्रभाव अनेक

मानिस आफ्नो औकात बढाउनका लागि तछाड्मछाड् गरिरहन्छन् । वास्तिविकता थाह छैन भनौं भने त्यही मानिसले अनेकौं आविष्कार गरेको छ । पृथ्वीको सृष्टि, जीवको विकास, बाँच्न र बँचाउनका लागि गरिने कार्यदेखि लिएर खगोल, आकाशीय पिण्ड, पिण्डको अस्तित्वलगायतका अन्वेषणहरू सयौं भएका छन् । प्रत्येक पिण्डमा आकर्षण शक्ति हुन्छ । एउटा अर्कोसँग सम्बन्धित रहनुको मूल कारण पिण्डमा रहेको आकर्षण शक्तिले नै हो । यसलाई न्युटनले सिद्ध गरेका हुन् ।

कुनै पनि वस्तुको शक्ति नाश हुनुमा त्यस वस्तुमा आउने भाइरसजन्य कुराले असर पु¥याइरहेको हुन्छ । सानो एउटा कम्प्युटर भाइरसका कारण कति छिट्टै काम नदिने भइजान्छ । मेसिनरी उपकरणको आयु पनि सीमित हुन्छ । जीवहरूको पनि अस्तित्वमा रहनको लागि भाइरसजन्य विकृति नआउनुपर्छ । मानिसमा पनि अनेकौं भाइरसले आक्रमण गर्न खोजिरहेका हुन्छन् तर मानिस त्यससँग जुध्न सक्नुपर्दछ । हैन भने जीवनको दुःखद् स्थिति भोग्नुपर्ने बाध्यता आइपर्छ । मानवको सृष्टि भएदेखि आजका दिनसम्म आइपुग्दा अनेको सङ्क्रामक रोगहरूले दुःख दिँदै आएका हुन् । कैयौं मानिसहरू रोगको शिकार बन्न पुगे । ढिलै भए पनि समाधानको उपाय आयो र ती कष्टकर क्षणबाट मानिसले मुक्ति पाउन सफल भयो । कतिपय रोगहरू संसारबाट नै लोप भइसकेका छन् ।

सरकारले पहिलो प्राथमिकतामा स्वास्थ्यलाई राखी तुरुन्तै कसैको धाक नहेरी काम गरिछाड्नु अपरिहार्य हुन्छ । हैन भने नेपाल र नेपालीको दुर्दशाको स्थिति नराम्रोसँग भासिने प्रायः निश्चित छ । तसर्थ यसतर्फ बेलैमा सबैको ध्यान जाओस्, र बहुत ठूलो जोखिमबाट जोगाउने काम तुरुन्त गरियोस् ।

आज फेरि काभिडको महामारीले विश्व नै थला परेको अवस्था छ । कैयौं धन जनको क्षति भइसकेको छ । यसअघि नै युरोप र अमेरिका थलिएका र अहिले बिसको उन्नाइसतिर झरेका छन् । अष्ट्रेलियालगायतका देशहरूले अपनाएको होसियारीले कोरोना करिब शुन्यमा झरेको छ तर भारतमा कारोनाको स्थिति चरम बिन्दुमा पुगेको छ । मानिसहरू को कति बेला जाने हो रु त्यसको कुनै ठेगान छैन । दोस्रो चरणको यो भाइरस भयावह रूपमा फैलिएको छ । यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ । अझ सचेतना अपनाउनु अत्यन्त जरुरी छ । सरकारले पनि यसतर्फ बेलैमा रोकथामका उपायलाई अबलम्बन गर्दै सर्वसाधारणलाई खोपको सुनिश्चितता, स्वाब परीक्षण र उपचारका लागि हस्पिटलको व्यवस्था गर्नु आवश्यक हुन्छ । सधैं लकडाउन गरेर मात्र समस्याको समाधान नहुने हुँदा वैकल्पिक उपायको खोजी गर्दै नयाँ परिपाटीको थालनी गर्नुपर्ने हुन्छ ।

कोरोनासँग सुरक्षित रहनाका लागि चाहिने उपकरणका लागि संयुक्त राष्ट्रसङ्घ, दातृ निकाय, सहयोगी दाताहरूको खोजी गरी बेलैमा नागरिकको बाँच्न पाउने अधिकारको प्रत्याभूति गराउन अति आवश्यक छ । सरकारले पहिलो प्राथमिकतामा स्वास्थ्यलाई राखी तुरुन्तै कसैको धाक नहेरी काम गरिछाड्नु अपरिहार्य हुन्छ । हैन भने नेपाल र नेपालीको दुर्दशाको स्थिति नराम्रोसँग भासिने प्रायः निश्चित छ । तसर्थ यसतर्फ बेलैमा सबैको ध्यान जाओस्, र बहुत ठूलो जोखिमबाट जोगाउने काम तुरुन्त गरियोस् । कोरोनालाई परास्त पार्न तमाम देशवासीहरू योजनाबद्ध शैलीबाट लागौं, सरकारले पनि सबै कुरा छाडेर यसको निराकरणतर्फ लागिपरोस् । हाम्रो प्रयास हुँदाहुँदै विश्वमा यसको समाधानको स्थायी उपायसमेत नआउला भन्न सकिँदैन । सबै कोरोनादेखि बचौं र सबैलाई बचाऔँ । जय मातृभूमि, जय नेपाली जनता ।
पोखरा–१०, मिलनटोल, कास्की ।
[email protected]

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु