add frist

गृहपृष्ठ उत्तरार्ध जीवन

उत्तरार्ध जीवन

मानिसको जीवन यापन परचिालन गर्ने वाहक वा माध्यम(साधन, श्रोत) लाई सम्पतिका रुपमा लिन सकिन्छ । मानिसका हरेक चाहनाहरु प्ूारा गनैका लागि उपभोग्य बस्तुको जरुरत पर्दछ । ती बस्तुहरुको जर्गेना गर्नका निम्ति केही कुरा गुमाउनु पर्नेहुन्छ । दिनेले पनि केही लिएर बस्तु अर्कालाई दिइएको हुन्छ । उपभोग्य बस्तु वा आवश्यकताका बस्तुहरु खरिद गर्नका निम्ति बनाइएको वा सञ्चित गरिएको जिन्सी वा नगदलाई सम्पति भनिन्छ । जसलाई उपयोग योग्य बनाउनका लागि पैसा वा रुपैयाँमा समायोजन मिलाइएको देखिन्छ । बिगत धेरै वर्ष पहिलेदेखि ब्यक्तिका आवश्यकता परिपूर्तिका निम्ति सहजीकरण गर्नका लागि पैसाको प्रचलन चलिरहेको देखिन्छ । पैसाको चलन चल्नुभन्दा अघि समान विनिमयको आधारमा समाज चलेको थियो ।
जीवन राम्रोसंग परिचालन गरी भावि समय सुखदायी बनाउन मानिसले आफूसक्दो सम्पति जम्मा गरेको हुन्छ । अति पश्रिम गरेर खाइनखाइ बचाएर राखेको स्थायी वा अस्थायीरुपमा रुपैया वा जिन्सी जम्मा गर्दछ । आफ्ना दैनिकी खर्चमा मितब्ययी बनेर आफ्नो पसिनाको उपार्जनको सञ्चितिलाई भावि जीवनको आधारको रुपमा राखिरहेको हुन्छ । छोराछोरीको लालनपालन, बृद्धिविकास तथा कर्म पद्धति सकेर सन्ततिको समग्र विकासमा जीवन समर्पित गरिरहदा पनि आफूलाई अहोभाग्यमानी सम्झेर गौरव गर्ने सबै मानवहरुको जीवन पद्धति बनिरहेको छ । छोराछोरीप्रति त्यति ठूलो लगानी गरेर पनि कुनै आशा नहुनु, आफूलाई केही प्राप्त नहुदा पनि उनीहरुको प्रगतिमा गौरबगरी रमाउने, आफ्रनो प्राणको धुकधुकी रहेसम्म उनीहरुकै चिन्तामा रुमलिरहने मानिसहरुको जीवनको उत्तरार्ध भने त्यति सन्तोष्जनक भएको देखिदैन । त्यसमा पनि विकसित देशहरुमा त राज्यले उमेर पुगेका नागरिकहरुलाई विशेष ब्यवस्था गरिदिएबाट जीवन बिरसिलो हुनबाट जोगिएको देखिन्छ भने बिकासोन्मुख मुलुकहरुमा जीवनको उत्तराधै निक्कै कष्टकर र पीडादायी बनेर समस्याको पहाड बनिरहेको बिद्यमान परिबेशले स्पष्ट देखाइरहेको छ ।
अधिकांश मानिसहरु औषत उमेरभन्दा बढी बाँचिरहेको स्थिति करुणादायी बनेकोमा ज्यादै दुखित र पशचातापको सागरमा पौडिरहेका देखिन्छन् । रोगले नसमातेमा करिब सत्तरीको आसपाससम्म आफ्नै श्रममा बाँच्न सक्ने रहेछन् मानिसहरु । बल, जोश, जागर र श्रमको परिचालनले त्यतिबेलासम्म मानिु अरुको नजरमा पनि आशाको केन्द्र नै बन्दोरहेछ । आसपासका मानिसहरु पनि उसंग केही पाउने आशामा उसको तारिफ गर्दै उसको यथोचित सम्मान गरिरहेको मानवीय ब्यबहारले देखाइरहेको छ । जव मानिस उमेरको उत्तरार्धतिर लाग्छ, तव उसका सर्ब इञ्जिनहरु कमजोर तथा तागत, जोशजागर सबै कमजोर भएर गएकाले श्रम गनै नसक्ने हुन्छ । त्यतिबेलासम्म आफैले लगानी गरेका मानवीय बिरुवाहरु उच्च खानदानीय भैसकेका हुन्छ्न् । आफ्नो हातमा रहेको चल अचल सम्पति पनि आफ्नो हातबाट गुमाइसकेका बृद्धहरु मृत्युको दिन गनेर अतितका यादहरुलाई संझेर रोही रहेका देखिन्छन् । यस्तो अवस्थामा पनि आफ्ना भावि जीवन सुखदायी बनाउने आशाका केन्द्रहरु पनि आफूदेखि निक्कै टाढा भएका हुन्छन् । सहारा बिहिन जीन्दगी बिताउन बिवश ती मानिसहरुको कहालिलाग्दो अवस्थाबाट पार पाउनका लागि कही कतैबाट पहल गरेको देखिदैन ।
मानवको उत्तरार्धलाई ब्यवस्थित र मर्यादित बनाउनका लागि प्रमतः सरकारी तवरबाट सुरक्षाको प्रत्याभूति हुने गरी यथोचित लालनपालनको ब्यबस्थालाई कार्यान्वयिन गरिनु आवश्यक छ । राज्यले हरेक ब्यक्तिका नाममा रहेको सम्पति ऊ बाँचुञ्जेलसम्म उसैको अधिनमा नै रहने, सन्ततिको कुनै हक नलाग्ने र उसको मृत्युपछि मात्र सन्ततिको बाँकी सम्पतिमा हक लाग्ने, त्यस संपतिमध्ये बीस प्रतिशत राज्यले उनीहरुको स्याहारसंरक्षणका लागि छुट्याई सुरक्षित गर्नुपर्ने ब्यबस्थालाई नियमबद्ध गराउन सकेमा मात्र मानिसको उत्तरार्ध केहीहदमा सुरक्षित, ब्यबस्थित र सुखदायी बन्न सक्छ । त्यसमा पनि नपुग्ने र संपति नहुनेको हकमा सरकारले पूर्ण जिम्मा लिएर स्याहार केन्द्र बनाई राख्ने ब्यबस्था मिलाउनु आवश्यक छ । राहतका नाममा छरिएका कनिकाले सामान्य ओत दिएता पनि दीर्घकालीन समाधान दिन सक्दैनन् । यस किसिमको कार्यबाट अंशको आशमा रमाउने प्रबृतिको अन्त्य, सन्ततिमा श्रम गर्ने बानीको विकास,बैकल्पिक काम खोजीको थालनी र आफ्नो श्रममा बाँच्न सक्ने क्षमताको विकास हुन जान्छ । यस किसिमको थालनीबाट नागरिकको प्रतिब्यक्ति आयमा बृद्धि हुनाको साथै समग्र देशको ग्राहस्थ उत्पादनमा बृद्धि भै राज्य विकसित अवस्थामा पुग्न सहयोग मिल्छ । यस सम्बन्धमा बेलैमा सरोकारवाला निकाय, सामाजिक संघसस्था, मानवतावादी निकायहरु, राजनेताहरु र समग्र राज्यसंयन्त्र नै लाग्नुपर्ने बेला आएको छ ।

पोखरा—१०, मिलनटोल, कास्की ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु