add frist

गृहपृष्ठ क्रान्तिकारी योद्धा

क्रान्तिकारी योद्धा

"कथा"

प्रज्वललाई आमाले एकवर्षमा छाडेर गएकी थिइन टुहुरो बनाएर । उभारले छोरा प्रज्वललाई बोकेर चौकीदारको काम गरी हुर्काएका थियो । सानो एकवर्षको बालकलाई पिठ्युमा कपडाले बोकेर झोलुगों बनाई राख्दै भोक लाग्दा दूध खान दिन्थो । बालक स्वभाबैले झगडालु हुने हुनाले त्यसमा पनि झगडा गर्ने बानी नै कसेको हा कि जस्ता हुन्थ्यो उभारलाई । बाबाले प्रज्वललाई भन्थ्यो,“बाबु ! दुख नदेऊ है ? सुतिराख । म एकछिन ड्युटी सकेर मेरो बाबालाई बुबु खान दिन्छु । ल लुपुक्क निदाऊ ल बाबा । हा बाबु हा ।” छोराको स्याहारमा ध्यान दिदा हाकिमले थाहपाउने हुन कि ? भन्ने डरले कहिलेकाही छोरो रुदा पनि फुल्याउन जान सक्दैनथ्यो । मन सबै छोरासंग भएपनि जागिरको बचाउ गर्न उनी निकै हासियार हुन्थो । ड्युटी कहिले दिनमा हेन्थ्यो भने कहिले रातिमा पग्र्यो । दिनमा भन्दा रातमा ड्युटी पर्दा सजिलो हुन्थ्यो उभारलाई ।
एकदिन छोरालाई बोकेर ड्युटी गरिरहेको बेलामा आफ्नो पिड्युमा निदाएर टाउको झुड्याएको बालकको आपत देखेर हाकिमले भने,“तिमीलाई ज्यादै कठिन भयो क्याहो ? केही समय नआऊ ल भोलिदेखि । अर्कोलाई काममा लगाउनु पलौ । आज पनि अब कोठामा लगेर सुताऊ बच्चालाई ।”
उभारले जागिर गयो ठानेर धुरुधुरु रुदै भन्यो,“मालिक ! मलाई ननिकालिदिनुस् जागिरबाट । यो टुहुरालाई हुर्बाउन सहगो गरिदिनुस् न हजुर ! यो बच्चाप्रति दयाहोस् मालिक ? यो मेरो छोरार्ला उसकी आमाले अनायसमा छोडेर गई मलाई नासो छाडेर । यसलाई म ठूलो मान्छे बनाउने धोको छ हजुर ? ममाथि दयाहास् मेरो इश्वर !” असाध्य अनुनय गर्दै हाकिमको पाउ समात्न पुग्यो उज्जल । ऊ रुदै एकोहोरो पुकारा गरिरहेका थियो ।
हाकिमले गोजीबाट केही पैसा उसको हातमा थमाउदै भन्ने्,“कस्तो सोझो मान्छे होला ? माया मानेको हो कि गाली गरेको हो थाह पनि नपाई किन रोहिरहेको होला । हाकिमले अचम्म मान्दै फेरि भन्छन्,“ल यो पैसा लिएर बच्चालाई दूध ख्वाउनु । यो पैसा तिर्नुपर्दैन । अनि सुन ! तिम्रूो जागिर गएको हैन, तिमीलाई एक मैना तलबी छुट्टी दिएको बच्चाको यो अवस्था देखेर । एक महिनापछि आउनु काममा । नरोऊ अब , कुरा बुझ्यौ तिमीले ?”
उभारलाई सोच्दै नसोचेको सफलता मिलेकोमा उनी ज्यादै खुशी भयो र हाकिमलाई अभिवादन गरेर छोरो बोकी कोठातिर लाग्योे । बिदामा पनि फाल्तु काम खोजेर काम गरी केही रकम जम्मा गरेर राख्यो उसले । छोरो बढ्दै गयो । उनले छोराका निम्ति असाध्य स्नेह दिएर आमाले दिनपर्ने ममता उसले दियो । छ वर्षपछि उसले प्रज्वललाई साधारण सामुदायिक विद्यालयमा भर्ना गरिदियो ।
प्रज्वल गुरुको आदेशलाई पालना गथ्र्यो सधैं । जाने पनि नजाने पनि केही लेखेर लान्थ्यो उसले । केटाकेटीको समुहमा उनी नेतृत्व गर्न खोज्दथ्यो । अरुले पनि उसलाई मान्थे । मिसहरुले पनि उसैलाई पढाउने क्रममा उपयोग गरेर सजिलैसंग अध्यापन गर्दथे । गुरुहरुलाई अत्यन्त मान गर्ने भएकाले सबैले रुचाउथे । उभारले कहिलेकाही कपि किनेर दिएको उसले दुई दिनमा नै च्यातिसक्थ्यो । कपिकलम नभएपछि मिसहरुसंग अति रसिलो बोलिले माग्दथ्यो । उनीहरुले उनलाई खुशीसाथ कपि र कलम दिन्थे । बार्षिक परीक्षामा ऊ प्रथम भयो । उभार असाध्य खुशी भयो उसको प्रगति देखेर ।
प्रज्वलले नेतृत्वको बिकास सानैदेखि गरेको थियो । कक्षामा सबैलाई सिकाउने, कक्षा कार्यमा नेतृत्व लिने , अतिरिक्त क्रियाकलापमा माग लिने, अन्तर विद्यालय कार्यक्रममा सहभागी हुने जस्ता सवालमा अग्रपंक्तिमा रहन्थ्यो । हुदाहुदै कक्षा १२ पनि उत्कृष्ट श्रैणीमा पास भए प्रज्वल । शिक्ष्ाँक, अबिभावक तथा अतिथिहरुले उच्च सम्मानकासाथ पुरस्कार दिए उसलाई । एकजना शिक्षाप्रेमी दाताले डिप्लोमासम्मको लाग्ने सबै खर्च आफैले दिने घोषणासमेत गरे । त्यस्तै डिप्लोमासम्म लाग्ने अन्य सहयोग गर्ने अर्को दाता निस्के । नगद पुरस्कार पनि एक लाख जति भएको थियो प्रज्वलको ।
उभार पनि सो कार्यक्रममा गएका थिए । सबै सम्मान आफ्नो छोराले पाउन सकेकोमा आफूलाई भाग्यमानी संझ्यो । ऊ खुशी हुँदै मनमनै सोचिरहेको थियो,“छोराकी आमा भैदिएका भए कति रमाउथी होली । के गर्ने ? त्यसबेलामा कति दुख गरी बिचरा । खान पनि नपाएर कतिदिन भोकै बस्नुपरेको थियो हामीलाई । उपचारमा मैले पनि पैसाको अभाबमा उसलाई राम्रो ठाउँमा लैजान पनि सकिन । अहिले भए मलाई पत्याउथे कि चिनेजानेका मानिसहरुले ? के गर्ने पछुताएर । अब कसै गरेपनि आउने हैन क्यारे ? म अभागीले ब्यहोर्न नलेखेको होला नि । मलाई कति माया गर्थी । छोरालाई त्यस्तै । आउने जाने, छरछिमेक, इष्टमित्र सबैसंग कस्तो मिलाप थियो उ भइञ्जेल ।” खुशीमा आफ्ना बिगतको कुरालाई सम्झेर रुन्छन् उभार ।
प्रज्वल दिनानु दिन राजनीतिमा अग्रसर भयो । डिप्लोमा पढ्दा बिद्यार्थी यसनियनको सभापति बन्यो । उसको एक मात्र उद्धेश्य शासनमा सर्बसाधारण जनताको अधिनायकत्वको सुनिश्चितता र जनतन्त्रको स्थापना रहेको थियो । उसको सिद्धान्तलाई मन नपराउनेहरु पनि उसको ब्यबहारलाई हेरेर उसलाई समर्थन जनाएका थिए । क्याम्पसमा उसका बिपक्षमा उभिने कमै विद्यार्थीहरु थिए । पढ्दापढ्दै ऊ केन्द्रीय राजनीतिमा एक्कैचोटी प्रमुखस्थान ओगट्न पुग्यो । बर्ग सघर्ष, द्धन्दात्मक भौतिकवाद र समाजबादको परिचालन गरी जनतन्त्रकोस्थापनाका लागि उसको पार्टी योजनाबद्ध तरिकाले जनता माझ आएको थियो । तानाशाही कुसंस्कार र पुरातन सोच राख्नेहरु उसको सिद्धान्तको बिरोध गर्दथे ।
देशका बिभिन्न क्षेत्रमा सेल कमिटी गठन गरेर काम अघि बढाएको थिए प्रज्वलले । त्यस कार्यमा राकेशको अत्यन्त प्रभाबकारी भूमिका निभाएको थियो । ऊ पार्टीको प्रशिक्षण बिभाग र आन्दोलन परिचालन कमिटीको सह इञ्चार पनि थियो । पार्टीमा प्रज्वलकोको जस्तै योगदान रहेको थियो राकेशको । बैरीहरुले उसलाई पनि बिद्रोहीको घेराभित्र राखेका थिए । उसले भूमगत रुपमा पनि पार्टीका गतिबिधिहरु सञ्चालन गर्दै आएको थियो । जनतालाई क्रुर शासकहरुको अत्याचार र दमनकाबारेमा सुसुचित गराई त्यसको बिरुद्धमा लाग्न उसले निरन्तर अभिप्रेरित गरिरहेको थियो । उसकै नेतृत्वमा किसान, मजदुर, बिभिन्न पेशाकर्मीहरु, विध्यार्थी, बौद्धिक सर्कलसमेतका मानिसहरु आफ्ना संगठनमा आबद्ध गरिएका थिए । सबैभन्दा केन्दीय कमिटीलाई सशक्त र निर्णायक बनाइएको थियो । तल्लो कमिटी उपल्लो कमिटीसंग अधिनस्त हुने प्राबधान गरिएको थियो । भित्रभित्रै तानाशाहका बिरुद्धमा काम भैरहेको थियो । प्रज्वलका हरेक भनाइहरुलाई सबैतिरबाट पालना गर्ने पद्धतिको बिकास भएको थियो । राम्रो काममा प्रोत्शाहन र गल्ति गरेकोमा दण्डको परिविधान लागू गरिएको थियो । आलोचना तथा आल्मालोचना गर्ने र भावि कार्यक्रमहरुमा सफलता हसँसिल गर्ने राम्रो पद्धतिको बिकास भैसकृको थियो । सानो ठूलोको स्थितिलाई बन्देज गर्दै समानताको सिद्धान्त लागू गरिएको थियो पार्टीमा । सबै एकाकार भएर निर्शेशनको पालना गरिरहेका थिए कार्यकर्ताहरु ।
प्रज्वलले केन्द्रबाट आन्दोलनको घोषणा ग¥यो । उसको क्रन्तिकारी पार्टी आन्दोलनमा होमियो । सर्बसाधारण जनताहरु आआफ्नो ठाउँबाट बिरोधमा उठेका थिए । उसंग अत्यन्तै साथदिने कुशल योद्धा राकेश निक्कै चलाख र बौदिकताले भरिएको शालीन ब्यक्ति थियो । उसैको सल्लाह र सहमतिमा पार्टीले हाकेको आन्दोलन तानाशाहको अन्त्य गर्न अघि बढी रहेको थियो । धेरै वर्ष दमन र अत्याचार मच्चाइरहेको आतंककारीहरुको बिसर्जनतर्फ उन्मुख भैरहेको थियो देश । जनतन्त्रको स्थापनाका लागि धेरै योद्धाहरुले ज्यान गुमाए । त्यसको सुनौलो प्रतिफल जनतन्त्र जनता माझ उदाउने र रामराज्य स्थपना हुने निश्चित भएको अनुभूति हुन खोजिरहेको थियो । चारैतिर बिजय जुलुस भैरहेका थिए । सबै देशका जनताहरु बिभिन्न ठाउमा रमाई रहेका थिए । क्रुर, अत्यार र दमनकारीहरुले घुणा टेक्mे । राष्ट्रियस्तरका सञ्चार मिडियाबाट जनतन्त्रको घोषणा भयो । खुलामञ्चमा प्रज्वलले संबोधन गर्ने कार्यक्रम बन्यो । बिजय जुलुस अथाहरुपमा उर्लेर आयो । प्रज्वल मञ्चमा देखिए । उद्घोषकले संबोधनका लागि प्रज्वललाई आमन्त्रण गरे । उनी जनतन्त्र स्थापनाको खुशीयालीमा संबोधनका लागि मञ्चमा उभिने बित्तिकै आतंककारीको भरौटेले लुकाएर ल्याएको पेस्तोलले प्रज्वलको ज्यान लियो र आफूले पनि आत्महत्या ग¥यो आफैले गोली हानेर । चारैतिर कोकाहलपूर्ण रादन सुनियो । त्यस पिडालाई शक्तिमा बदल्न नेतृत्व पंत्रिबाट निर्देशन दिइयो । सबैले धैर्यतालाई आत्मसाथ गरेर शोकलाई शक्तिमा बदल्न आग्रह गरियो । त्यति हुँदाहुँदै पनि जनमानसमा डरले आतंक नै मच्चिएको थियो त्यस ठाउँमा ।
आतंकको सन्त्रासले सबै मानिसहरु भागाभाग के गर्दै थिए, मञ्चमा राकेश उभिएर शान्त रहन र काही पनि बाहिर नजान आग्रह गरे । त्यस कार्यमा सबै कार्यकर्ताहरु कटिबद्ध भई लागिरहे । सुरक्षाकर्मी कडारुपमा परिचालन गर्दै सुरक्षालाई मजभूत पारिएको थियो । त्यसपछि राकेशले जनतन्त्रको स्थाना भै जनताको शासन लागू हुने घोषणासहित वीर योद्धा प्रज्वललाई राष्ट्रनिर्माता र जनतन्त्रका वीर शहिद घोषणा गरे । उनैले अपनाएका नीति र सिद्धान्तलाई कार्यान्वयिन गर्ने अभियानसहित राकेश देशको राष्ट्रपति बने । फसिष्ट तानाशाही विधानलाई ध्वस्तपारेर जनतन्त्रको बिधान अनुसार राट्रपतिले सरकार गठन गरे । बिगत कैयौं वर्षदेखि अत्याचार मच्चाइरहेको कुशासनको अन्त्य भै जनतन्त्ररुपी सुशासनको थालनी भएकोमा देशभरि उल्लाश तथा उमंगले छायो । कुशल योद्धाहरुको बलिदानीबाट आएको जनतन्त्रले देशभरि उज्यालो प्रकाश छर्न सफल भयो । घरघरमा दीपावली गरियो । समाजदादी राज्य संरचनाको अभियानमा राज्यअघि बढिसकेकाले देशभरि नै सर्वसाधारण जनताहरुमा खुशीयाली छायो । त्यस समयदेखि जनताले सधै सुखको अनुभूति गरिरहे । सोही अनुरुपका कानुन निर्माण गरी जनताको शासन परिचालन हुनगयो । आताई तानाशासन सदाका निम्ति अन्त्य भयो । स्वदेश तथा विदेशबाट पनि देशमा जनतन्त्र स्थापना भएकोमा धन्यवादको ओहिरो चल्यो । यस कार्यले अरु देशलाई पनि समतापूर्ण समाज निर्माणतर्फ उन्मुख हुनको लागि प्रेरणा मिल्न गयो । सर्वत्र देशभरि खुशीयाली छायो । त्यस समयदेखि देशमा अन्याय, अत्याचार, कुरीति, कुसंकार, बिसंगति, अशान्ति, बिद्रोह, आतंक, जातीय अन्र्तद्धोन्द, उचनिचको भेदभाव, थिचोमिचो जस्ता कुराहरुको बिर्सजन हुन गई बास्तबिक समाजवादको स्थापना हुनपुग्यो ।
पोखरा—१०, मिलनटोल, कास्की ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु