add frist

गृहपृष्ठ मान्छेदेखि मान्छे डरायो

मान्छेदेखि मान्छे डरायो

मानिस आमाको गर्वदेखि पृथ्वीमा नआइञ्जेलसम्म स्वतन्त्र हुन्छ,जब यस धरातलमा आइपुग्छ, तब ऊ बन्धनमा पर्छ । यो प्रकृति प्रेमी दार्शनिक रुस्सोको हो । प्रकृतिभन्दा बाहिर जब मानिसको हस्तक्षप हुन्छ तब सोचे अनुरुप चलखेल गर्न नपाउने भएकाले जे हुनुपर्ने थियो त्यो नभएर फरकता देखापर्छ । प्रकृतिमा रहेका संपूर्ण जीवहरुका लागि चाहिने सबै कुराहरु हुँदाहुँदै त्यो भन्दा माथि उठेर बढी विवेक प्रयोग हुँन जाँदा अनाबश्यक बिकृति देखिन जान्छ । विश्वमा विकासका नाममा बिनासको स्थितिले बास गरेको हो कि भैं हुन गएको देखिन्छ । औषधीको विकास केबल रासायनिक बस्तुबाट निर्माण गरिएका छन् । त्यसले मानवीय संरचनामा केह् िन केह् िनकारात्मकता ल्याउछ । तर मानिसले यसको बारेमा त्यति ध्यान दिइएको देखिदैन । शरीरमा सामान्य समस्या देखिनासाथ अपरेशन, अधिक औषधीको प्रयोग, आवश्यकताभन्दा बढी उपकरणको प्रयोग भैरहेका छन् । मान्छेले त्यसको असरका बारेमा केही सोचे जस्तो लाग्दैन । शरीरमा आउने हरेक बिकृति जसलाई रोग भनिन्छ, त्यसको निराकरणका लागि यही पृथ्वीमा रहेको वनस्पतिहरु मध्ये कुनै एक औषधी हुन सक्छ । प्रकृतिले नै समस्या परेपछि समाधान हुन सकोस भन्नाका लागि आवश्यक वनस्पति सृजना गरेको हुनुपर्छ ।
वर्तमानमा देखिएको औषधी विज्ञानको विकास त्यति धेरै भएको छैन । यसको विकास अगाबै मानिसहरु बिभिन्न शारीरिक समस्या पर्दा प्रकृतिका वनस्पतिजन्य औषधीको उपयोग गरी उपचार गर्दथे । आखिर समय लागे पनि सञ्चो त हुनेगर्दथ्यो । अहिले पनि केही वनस्पतिजन्य औषधी प्रयोमा देखिन्छन् जुन रोग निराकरणका निम्ति रामबाँण जस्तै छन् । केही मानिस त आजभोलि पनि आयुर्वेदतर्फ नै बिश्वस्त भएका छन् । हुन पनि प्रकृतिले मानिसलाई चाहिने सबै चिज प्रकृतिमा नै उपार्जन गरिदिएको छ । हालसम्म मानिसले प्रयोग गरेको आधारमा हेर्दा काटेको ठाँउमा गन्देका मुण्टा निचरेर बनाइएको झोल वा मानिसको आफ्नै पिसाबको प्रयोगले ठिक हुन्छ । त्यस्तै रुघा लाग्यो भने नुन,बेसारपानी पकाएर खाने, छिम्के झारको प्रयोग, पोलेकोमा ध्युकुमारीको उपयोग ग्याँष्टिक मा त्रिफलाको नियमित उपयोग पेट दुखेमा लसुन, टिउँर, मेथि, ज्वाँनोको उपयोग, त्यस्तै अन्न तथा बाली संरक्षणका लागि असुरो, पाति, खिर्ओ, वनमारा, इत्यादि । यतिसम्म कि मृतसञ्जिवनी बुटी समेत पृथ्वीमा नै पाइन्छ भनिन्छ । अचम्म छ, जे का लागि पनि त औषधी यही पृथ्वीमा नै रहेछन् । फेरि नेपाल यस्तो देश हो जहाँ सबै जातका वनस्पतिहरु पाइन्छन् । औषधीजन्य वनस्पतिबाट प्रयोगमा ल्याइएका औषधीहरुबाट कुनै असर पनि त पर्दैन । यस्ता बहुउपयोगी वनस्पतिको अन्वेषण तर्फ किन विद्धत्तबर्ग अलि मौन देखिएका हुन् ? यसतर्फ किन ध्यान पुगेन होला ? फेरि वनस्पति सबै ठाउँमा पाइने हुँदा बनेको औषधी सस्तो हुने तथा अपत्र्यक्ष असर हुदैनहुने भएकाले त्यस प्रयोजनतर्फ अन्वेषण हुनु जरुरी छ ।
नेपालमा पाइने वनस्पतिहरु सबैजसो औषधीजन्य छन् । आयुर्वेद विज्ञानका अनुसार सबै जसो औषधीका निम्ति नेपाल अति उपगोगी मानिन्छ । सबै जातका वनस्पति भएबाट बिभिन्न रोगका औषधी बनाउन प्रबल संभाबना भएकाले सबैको ध्यान यसतर्फ उन्मुख हुनु अपरिहार्य रहेको छ । अहिले देखा परेका जति रोग छन् ती सबैको लागि वनस्पति अत्यन्त उपयोगी छ । आजभन्दा पहिले उपयोगमा आएका र आउन बाँकी सबैको अन्वेषण भै तिनीहरुलाई अत्याधुनिक तरिकाबाट प्रशोधन गर्दै औषधी बनाइनुपर्छ । बनाइएका औषधीले नेपालीहरुलाई मात्र नभै प्रशस्त आयआर्जनको श्रोत बन्नजान्छ । कैयौं बेरोजगारले रोजगारी पाउँछन् । देश सक्षमतातिर उन्मुख हुन्छ । यसबाट मानिसको आयुमा समेत बृद्धि गराउछ । वर्तमान अवस्थामा माहामारीको रुपमा फैलिरहेको कोराना निराकरणका निम्ति पनि हाम्रै देशमा रहेका वनस्पति प्रयोग गर्न सकिन्छ कि ? संबद्ध सबैको ध्यान जानु आवश्यक देखिएको छ ।
पहिला मानिसले लगाएको बाली आफैले पालेका जनावरले खान्छन् कि भनेर मुखमा कोर्को लगाउने गरिन्थ्यो । आज मानिसलाई आफै सुरक्षित हुनका निम्ति माक्स लगाउनु परेको छ । यसले किटाणु प्रबेश हुनबाट जोगाउछ तर का मगर्ने किसान, निर्माणमा का मगर्ने ज्यामी, अध्यापन कार्यमा निरन्तर लाग्ने शिक्षक, श्रमिक लगाएतका क्षेत्रमा का मगर्नेहरुका निमित्त अति असजिलो हुन्छ भने शरीरले वातावरणमा रहेको अक्सिजन लिनमा कठिनाइ हुन्छ । त्यस्तै प्रयोग गरिरहदा पनि दुषित स्वशप्रश्वाशका कारण अनेकौं बिकृतिहरुले असर पु¥याइरहेको हुन्छ । त्यस्तै एउटै माक्सको प्रयोग धेरै दिनसम्मगर्ने, अर्थको अभावका कारण माक्स नकिन्ने कुराले पनि धेरै असर पुगिरहेको छ । फेरि नलगाउदा महामारीका रुपमा फैलिएको कोभिडले आक्रमण गर्छ । यस्तै अन्य रोगका किटाणुहरुको प्रबेशलाई रोक्नमा पनि माक्सको यथोचित प्रयोग गर्नैपर्ने देखिन्छ । अब चिकित्सा विज्ञान अन्तर्गत आयुर्वेद शिक्षालाई जोडदिई प्रकृतिमा पाइने औषधीजन्य जडीबुटीलाई सकेसम्म बढी उपगोगमा ल्याउनुपर्ने आबश्यकता खड्केको छ यतिबेला । बिभिन्न रोगहरुका बिरुद्धमा लड्न सक्ने एण्टीवडी यही प्रकृतिबाटै तयार गर्नसक्ने दक्ष विशेषज्ञ तयार गर्नु आजको प्रमुख चुनौती बनेको छ । औषधी उत्पादनको क्षेत्रमा बढोत्तरी ल्याउनका लागि सरकारी तवरबाट नै आवश्यक नीति बनाई कार्यान्वयिनमा ल्याउनु नितान्त आवश्यक भएको छ । सबै नागरिकहरु औषधीजन्य क्षेत्रमा आत्म निर्भर छन् भन्न मिल्ने परिवेश आओस् नेपालमा । अरु देशका लागि मार्ग दर्शक बनास् यो पद्धति । ऐले प्रयोगमा आएको माक्सका बिकल्पमा प्रकृतिमा उपलब्ध हुने अचुक किटनासक बस्तुको प्रयाग गर्न सहज हुनेथियो कि ? यसतर्फ पनि आयुर्वेद विज्ञको बेलैमा ध्यान जाओस् ।
मान्छेले ह्रिंस्रक जनावर, टोक्न ेसर्पका प्रजाति, चिल्ने किराहरु लगाएत जति दुखदिने जीवहरु छन् तीसंग डराउन पर्दथ्यो । अहिले यस्तो परिबेश सृजना भएको छ कि मान्छले मान्छे देख्दा डराउन पर्ने, टाढैदेखि सतर्क रहनु पर्ने अचम्मको समय आयो । बा बिरामी ,उपचारका लागि हस्पिटल लगियो । परीक्षणपछि देखियो कोरोना । शंकाले लंका पु¥याइदियो । बालाई सघन उपचार कक्षबाट समाचार आयो सरी, बचाउन सकिएन ? यो अति दुखद खबर । सबैले सहानुभूति प्रकट गरी श्रद्धाञ्जली दिनुको अलावा सेवामा बसेका छोराहरु समेत छैनन् त्यहाँ । कस्तो बिचित्रता । आफ्नै जन्मदिने बाबाको अन्त्यष्टिमा एक अञ्जली फूल र भावपूर्ण श्रद्धाञ्जली दिन किन नसकेको होला मान्छे ? के भएको हो यस्तो ? पैसा, औकात, हुँदाहँुदै पनि मान्छेदेखि मान्छे त्यसरी किन तर्सिएको हो ? श्रीमानले श्रीमती छाडेका छन्, दिदीबहिनीले आफन्त बिर्सिए झै गरेका छन् । को कहाँ कसरी म¥यो भनेर सहयोग गर्ने वातावरण बिलाएर गयो । आज बेबारिसे लाश छाडेर हिड्नेहरु बढेका छन् । कैयौं मानिसहरु घरको कोठामा नै इन्तु न चिन्तु भई लडिरहेका छन् । घरमा बिरामी परेका छन् भन्ने यदि थाह लाग्यो भने त मान्छे पटक्क त्यहाँ जादैजादैन । सहाराको खोजी भैरहेको बेला खै सहयोग पाउन सकेको ? बिरामी हुँदा पानीसम्म पनि सान पाएका छैनन् मानिसहरुले यस समयमा । सुख पर्दा त्यही घर रमाएकाहरु प्नि यतिबेला अँध्यारोमा लुकेका छन् । ऐपछि दिएनन् खान पाइएन, हामीलाई किन दिन्थ्ो भनी कुरा खेलाउनेहरु पनि अत्तोपत्तो छैन । बरु जस्तोसुकै दुखखेप्न मानिस तयार छ, बिरामी मान्छेको उद्धार, सहयोग तथा संरक्षण भन्ने बित्तिकै मौनतामा रही तैचुप मैचुपको अवस्था आइरहेको छ । मान्छेहरुले अकालमा नै ज्यान गुमाइरहेका छन् । भएनभएको हौवा फैलिएर असहयोगको वातावरण फिजिएको छ । यसलाई निराकरण गर्न र बिरामीहरुको यथोचित उपचार र संरक्षण गर्न उत्साहित हुने वातावरण सबैले सृजना गरौं । सर्वसाधारणदेखि सबै बौद्धिक मानिसहरुसम्म, कार्यकर्तादेखि नेतासम्म, ज्यामीदेख मालिकसम्म सबैले सतर्कताका साथ आफूलाई राख्दै अशक्तहरुलाई बिभिन्न तरिकाले सहयोग पु¥याऔं । सरकारले उपचारात्मक ब्यबस्थालाई कडाइका साथ कार्यान्वयिनमा ल्याउदै अत्यावश्यक अक्सिजनका सिलिण्डरहरु जसरी जुन माध्यामले सकिन्छ ल्याउनका लागि तुरुन्तै काम गरिहाल्न ढिलो नगरोस् ।
अरुबेला प्रचारप्रसार तथा विज्ञापन गर्ने सहयोगी संथाहरु, मानवाधिकार निकाय, जनसोकार संवन्धी कामगर्ने ब्यक्ति वा संस्थाहरु न्याय संवन्धी काम गरिरहेका सरकारी तथा गैह्रसरकारी निकायहरु किन मौनता छाएर बसेका छन् ? मानवका निम्ति सहयोग गर्ने मानवको हितमा कामगर्ने बाहनामा ओलिएका संस्थाहरु कता लुकेका छन् ? के हेरेर बसेका छन् कुन्नि ? फेरि समज सेवा नै मूल धर्म मान्नेहरु पनि थिए त ? कता हराए त्यस्ता निकायहरु ? त्यस्तै समाज सुधारका नाममा खोलिएका संस्थाहरु के गरी बसेका छन् ? फेरि यही काम गरेर नाम कमाउन पर्नेहोला कि के हो ? सबै संघ, संस्था तथा सरोकारवाला निकायहरु इस बेला एकाकार हुँदै सहयोगमा जुट्ने बेला आएको छ । तेरो मेरो आफ्नो अर्काको नभनी यो अति बिदारक भयाबहमा सहयोगका हातहरु पmैलाउदै मन, वचन र कर्मले सहयोग गरौं । आफू सुरक्षित रहेर जति पनि सेवा गनै सकिन्छ । सहयोग गर्दा प्राप्त हुने सहानुभूति नै सबैभन्दा ठूलो धर्म हो । भन संपति तथा जग्गा जमिन पछि पनि जोड्न सकिन्छ तर धर्म कमाउनका निम्ति पछि भनेर हुदैन । बेला यही हो सबैले आफूले सक्दो सहयोग पु¥याऔं । ढिला नगरौं । समय गुज्रेपछि पछुताएर काम हुदैन । यस बिपतको घडीमा सारा महामारीबाट पीडित ब्यक्तिहरुको सहयोग एवम् उद्धारमा लाग्दा आफू र आफन्तको हित हुने कुरामा दुईमत नहोला सायद । पैसा आखिर के का लागि हो र ? परेको बेला हिरा फोर्न सकेमा मात्र मान्छे महान कहलाउछ । बरु केह्ी दिन नखाएर केह्ी हुँदैन । मरेपछिको सम्पति, धनमालको के अर्थ रह्नछ र ? “परोपकार पुण्यायः पापायः परपिडनम्ः” अठ्ठार वेदको शारांशका रुपमा आएको श्लोक यति बेला सबैले मनन गरी सोह्ी अनुसार मानवीय उपकारको क्षेत्रमा लाग्नु परेको छ । सत्कर्म गर्दै असल नागरिकको परिचयलाई ब्यबहारमा उतार्नु आवश्यक छ । यसै परिबेशलाई मध्यनजर गरी सबै ब्यक्ति, समुदाय, संघसस्था , सराकारवालाहरु, सरकारी तथा गैह्रसरकारी कार्यालयहरु, एजेन्सी, जनसरोकारका समिति, मन्त्रालय र सरकार स्वयम् कोरोनालाई निमूल पार्न सबै आआफ्नो ठाउँबाट लाग्नुपर्ने बेला आएको छ । यतिबेला अरु कुरालाई छाडेर महामारीका बिरुद्धमा सबै जागौं र जनरक्षा गरी सुरक्षित बनौं । यस किसिमको नवीन प्रविधिलाई संसारभरि फिजाऔं । यसैमा नेपाल र नेपालीको कल्याण अडेको छ ।
पोखरा–१०, मिलनटोल,कास्की [email protected]

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु