add frist

गृहपृष्ठ छाति चर्काउंछन यादहरुले

छाति चर्काउंछन यादहरुले

अतीत छाडेर मायांको गोरेटो नै बदलिदिने प्रिय मान्छे। निलो आकाश मुनि खेलि हिंड्ने काला बादल जस्तै मडारिन्छन तिम्रा यादहरु। नमिठा सम्झना बनेर अनि झर्छन बर्खे झरि झैं आंखाबाट अटुट आँसु। तर पखालिदैनन तिम्रा यादहरु। शिला लेखिय झैैं छापिएका छन मेराे मनमा ती निर्दयि यादहरु। चैते हुरिमा निचोरिंदै बग्ने कसिङ्गर झैं जब एक एक गरि थुप्रिन थाल्छन सम्झनाहरु ,अनि निसास्सिन थाल्छन सम्झना को पहिरो भित्र तिम्रा यादहरु। फुत्किएर स्वतन्त्र आकाश मा चरि झैं रम्न चाहने तिम्रा यादहरु अन्धकार रात मा आँखा चिम्लिदैं जोड्न खोज्छु छरिएका प्रतिबिम्ब हरु। तर हाउगुजि बनी खान खोज्छन तिम्रा अघोरि यादहरुले। म लडिनै ,रहनेछु निस्वास ,त्यि यादहरु सल्बलाउंछन मेरो छाति भरि। तिमी त्यसरि सल्बलाउंदा म रोमान्चित हुन्थें तर यिनले त जुका झैं चुस्छन र शिथिल बनाउंछन। उत्तेजित हुनै नपाई अनि त्यो चरमोत्कर्ष को उचाई छुनै नपाई। तिमी आगो झैं बल्थ्यौ मेरो बिस्तारामा ,अझै न्यानै छ अोछ्यान। तिम्रा सफेद झुटहरु जस्तै तिम्रो झैं मिलेको लचकदार बदन मा यौवनको कामुकता छ त्यि यादहरुको पनि। चल्मलाऊंदै ,सुम्सुम्याउंदै खेल्छन त्यि पनि मेरो छालाको हरेक रोम छिद्रमा पुग्ने गरि। फरक यति हो ,तिमी तताउंथ्यौ तिन्लाई ,यिनले चिस्याइदिन्छन। हरेक रात रित्तो भित्तो हेर्दै छट्पटाउंछु म ,मैले उडाएको चुरोट को गन्धले कहिल्यै तिम्रो शरीर को गन्धलाई किन जित्दैन ? कतै महङ्गो दोकानमा गएर म यादहरु किन्थें ,एक्लोपनमा कुन‌ै बेला त्यहि बास्ना ले नाकलाई झुक्याउंथें अनि एकपटक स्खलित हुन्थें। अब मान्छेको गन्ध म कुन पसलमा किनौं ? हरेक रात म कामना को दियो जलाउंछु ,सुगन्धि धुप सल्काउंछु ,मृदङ्ग को धुन बजाउंछु ,तिम्रा यादहरु लाई बिस्तारा मा सुताउंछु अनि चढ्छु माथि। घण्टौं सम्म तपस्या गरे जस्तो एकोहोरो एउटै कुरोमा मलाई अचम्म लाग्छ। याद बनेर सुतेका ती मायांका दृश्यहरुले रातभर मा अनेक कामुक शरीर फेर्छन तर त्यसमा अनुहार किन संधै तिम्रो मात्रै हुन्छ? यो याद पनि गज्जबको रहेछ , कहांबाट आउँछ कसरी आउँछ ,कहिले तिम्रो सुगन्ध सरि आउँछ कहिले तिम्रो आकृति धुंवा भरि छाउंछ। त्यहि भएर त मेरो कोठा आजकाल यादहरु को पशुपति भएको छ। जहाँ आर्यघाट पनि छ ,अखडा पनि छ ,लास पनि छ बिगत को ! जल्न तयार वर्तमान को चितामा। अनि एउटा दिब्य भाव पनि छ। अन्धकार रात मा म बिस्तारा मा उक्लन्छु अनि ढलान हेर्दै पल्टन्छु। त्यहि बिस्तारा जहाँ म तिमी भित्र हराउँथे तिमी आफू भित्र मलाइ पाउंथ्यौ। मेरो डाम अझै तिमी भित्रै होला ! पोल्दैन तिमिलाइ यस्ले कहिले काहीँ ? मासु को पनि स्मरण हुन्छ भन्छन ,काउकुति नै भएपनि लाग्नु पर्ने होईन र ? तिमिलाई सपनिमा देखेको रात कटाउन हम्मे हम्मे हुन्छ यार मलाई। भोलिपल्ट को बिहान मेरा मस्तिष्क मा अनेकौं कुरा खेल्छन अनि म बाध्य हुन्छु हेर्न ,हेर्दिन भनेर पोको पारेर थन्क्याएका तिम्रा पुराना प्रेमपत्र हरु। खै किन आउंछ्यौ सपनिमा ,तर यति जान्न मन छ म पो तिम्रो सपनिमा आएकि आईन? कि आउनै लाग्दा तिम्रो तन समीप मै रहेको तिम्रो प्रिय मान्छे ले बाटो न‌ै बन्द गरिदिए सधैंको लागि? यहि कौतुहलता मन भित्र हुन्छ संधै ,म पो तिम्रो सपनिमा आज सम्म आएकि आईन। किनकि मेरो त आंखाभित्रै हुन्छ्यौ तिमि ! हो सानु मेरो त नजर मै हुन्छ्यौ तिमी। पैले पैले मेरो मनको कुरा नभन्दै सुन्ने तिमिलाई आज केही भनेरै सुनाउने मन थियो ,तिमी नजिक भएको भय। तिमि र म बिच उजाड्नै नसक्ने खोटो झैं संधैभरि लाई ! हो त्यसरि नै भन्न मैले पनि सक्थें होला भोलि बिहानै भालेको पहिलो डांको मै त्यो पारि को पिपल बोट निर आई राख्नु ,घाम झुल्कनु अगाबै काटौंला पारिको नौ डाडा। तर भनिन यसो। भन्नू पुर्ब सम्झिएं तिम्रो र मेरो बनाउन बांकि घर ,अपुरो त्यो घरका पुरै परिवार का सपना ,आसै आसमा खिईएका साठ्ठि बर्षे बाबु को रहर। त्यसैले त आजसम्म पछुतो को पिलो ले पोलिरहन्छ मन भित्र कतै। भेटाए त फु फु गरि सेक्थें होला ,नभय निचोरेर फालि पनि दिन्थें। तर सक्दिन भेटाउन अब। बेस्सरि दुख्छ, पोलाईले आँसु झर्छन। सुंक्क सुंक्क हुँदै सुस्ताउंछु एकछिन। सायद त्यहि पोलाईले जिन्दगिमा ठूलो पाठ सिकाएको छ मलाई ! अनि बिद्रोह मन पर्न थालेको छ अचेल। आत्म समर्पण अब मेरा लागि स्विकार्य छैन। तिम्रो आफ्नो अनि खान नहुनेहरु को समेत कसम खाएर भन्दैछु आफू निदाउनु अघि तिम्रा यादहरु बल्झाउने चेस्टा त के तिम्रा तस्बिरको समेत झझल्को आउने बाटो नै निषेध गरेर निदाएको हुन्छु म। फेरि पनि मेरै सपनि मा खै कुन बाट आईरहेकि हुन्छ्यौ तिमी। उहिले उहिले मैले तिमि संधै आउने बाटो तिर हेर्दै तिमिलाई कुर्दा कहिले कसो अर्कै बाटो बाट आऊंथ्यौ तिमि। तर अब कुन बाटो कसरी आऊंछ्यौ थाहा पाउंदिन मैले। न तिमी ले भन्छ्यौ न त मैले सोध्न नै सक्छु। आफ्नो प्रिय मान्छेलाई मलाई जस्तो यादका बांणहरु ले नहान्नु ,संधै मायां गर्नु तर आँसु कहिल्यै नझार्नु। आँसु ले बाटो छेक्छ। जिन्दगिमा खुःसि हुन नसके पनि सफल श्रिमति र सफल बुहारि भएर देखाउनु। मायां मा हार भयर के भो र ! संधै आफ्नाहरु को मन जित्नु। मेरो सिरानी चिस्याउन त तिम्रा यादहरु नै काफि छन।

कास !
म हराउने ठाऊं र तिमी भेटिने ठाउं संधै संगै भएको भए ?

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु