वडास्तरीय जनचेतना तथा अनुगमन कार्यक्रम उल्लङ्गन गर्ने १० कवाडखानामा ताला

बुटवल वडा न.१० कालिका नगरमा वडास्तरीय जनचेतना तथा अनुगमन कार्यक्रम उल्लङ्गन गर्ने १० कवाडखानामा ताला लगाइ स्पस्टिकरण सोधिएको छ ।
वडा न.१० ले वडालाइ सुन्दर हराभरा बनाउने उदेश्यले फोहरमैला ब्यवस्थापन, कवाडखाना ब्यवस्थापन,ब्यवसाय दर्ता,सडक पार्कीङबाट हुने दुर्घटना न्युनीकरण आदी कार्य गर्दै आएको अवस्थामा अनुगमन कार्यक्रम उल्लङ्गन गर्ने १० कवाडखानामा ताला लगाइ स्पस्टिकरण सोधिएको हो । पटक पटकको सुचना र खबरलाइ अटेर गरी बेवास्ता गर्दै आइरहेको कवाडखानामा ताला लागाइ जनचेतना तथा अनुगमन कार्यक्रममा सहभागी गराएको वडा १० का अध्यक्ष बल ब.पुनले बताए ।
वडास्तरीय जनप्रतिनीधी, कर्मचारी ,राजनितीक दलका नेता,टोल सस्थांका कार्यसमिती सल्लाहकार आदीको सबैको रोहोवरका कवाडखानालाई व्यबस्थित गराउनको लागी आर्थिक बर्षको अन्तिम मसान्तसम्म (६ महिना) को म्याद दिइ समझौता गरिएको उनले बताए ।
वडा न.१० लाई बुटवलको नमुना वडा बनाउने उद्धेश्यले फोहरमैला ब्यवस्थापन, कवाडखाना ब्यवस्थापन,ब्यवसाय दर्ता,सडक पार्कीङबाट हुने दुर्घटना न्युनीकरण आदी कार्यलाई विशेष प्रथामिकता दिइएको वडा अध्यक्ष पुनले बताए ।