शाइन आर्थिक पत्रकारिता पुरस्कार भुसाललाई

बुटवल,फागुन। शाइन रेसुङ्गा बैंक र पत्रकार महासङ रूपन्देहीको सहकार्यमा स्थापित शाइन आर्थिक पत्रकारिता पुरस्कार -२०७८ पत्रकार यमलाल भुसाललाइ प्रदान गरिएको छ ।
बैंकको १४ औँ स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा भुसाल ५१ हजार राशीको शाइन आर्थिक पत्रकारिता पुरस्करबाट सम्मानित भएका हुन् ।
भुसालले विगत २८ वर्षदेखि पत्रकारिता गर्दै आएका छन् । बैंकले ५ लाखको अक्षय कोषको स्थापना गरेर हरेक वर्ष पत्रकारलाई शाइन आर्थिक पत्रकारिता पुरस्कार दिने बैंकका सिइओ प्रकाश पौडेलले बताए ।
पत्रकार भुसाललाई बैंकका अध्यक्ष थानेश्वर पौडेल, सिइओ प्रकाश पौडेल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगायतले संयुक्त रुपमा पुरस्कृत तथा सम्मान गरेका थिए ।
भुसाल राज्य टेलिभिजनका समाचार प्रमुख समेत हुन् ।