काम गर्न चुनौतिहरु भोग्न नपरोस

बुटवल। याैनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका ब्यक्तिहरुले रोजगार तथा ब्यवसायहरु गर्नको लागि चुनौतिहरु भोग्न नपर्ने बाताबरण बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक महासंघ नेपालको आयोजना गरेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका चुनौती र समाधान सम्बन्धि अन्तरक्रियामा बोल्ने बक्ताहरुले यो समुदायका ब्यक्तिले चुनौतीहरु सामना गर्न नपर्ने बाताबरण बनाउनुपर्नेमा जोड दिएका थिए।
लुम्बिनी प्रदेशका मन्त्रालय तथा अन्य विभिन्न सामाजिक संघसस्थाहरुका प्रतिनिधिहरुको बिचमा भएको अन्तरक्रियामा बोल्दै ल्ुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका उपसचिव दामोदर भण्डारीले प्रदेश सरकारले यस समुदायका ब्यक्तिहरुका कानुन निर्माण गर्दा आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले यो समुदायका ब्यक्तिहरुले निकै समस्याहरु भोग्नुपरेको बताउँदै अबका दिनमा बिभेद अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै शिक्षा बिज्ञान युवा तथा खेलकुद मन्त्रालयका उपसचिव यम बहादुर केसिले यो समुदायका ब्यक्तिहरुको अध्ययनमा समस्या भोगेको सुनाउँदै अब यो समस्या हुन नदिनको लागि सबै सचेत हुनुपर्नेमा जोड दिएका थिए । उनले प्रदेश सरकारबाट हुने काममा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै यौनिक तथा लैङ्गिक अल्पसंख्यक महासंघ नेपालकि उपाध्यक्ष भुमिका श्रेष्ठले बोल्दै अझैपनी यो समुदायले निकै लान्छना भोग्नु परेको बताउदै अब त्यस्तो हुन नहुनेमा ध्यानाकर्षण गराएकि थिइन । उनले संविधानमा भएका अधिकार समेत यो समुदायले प्रयोग गर्न नपाएको बताउदै ती अधिकार कार्यान्वयन गर्न सहयोग गर्न आग्रह गरेकी थिइन।उनले समुदायको पहिचानकै लागि अहिले काम भईरहेको बताउदै लुम्बिनी प्रदेशमा अन्य प्रदेशको तुलनामा राम्रा कामहरू भएको बताईन।
साहासी कदम नेपाल अध्यक्ष आनिक रानाले बोल्दै ब्यवस्था परिवर्तन भएपनी अवस्था परिवर्तन नभएको बताईन। उनले अवस्था परिवर्तन नहुदा धेरै समस्या भोग्नुपरेको बताईन।
एक्लोलाई साहारा दिने वृक्ष समूह, रुपन्देही कार्यक्रम संयोजक मनिला न्यौपानेले यो समुदायका ब्यक्तिहरुलाई जिवनयापन गर्नको लागि निकै चुनौतिहरु रहेको बताउदै यो वातावरणको अन्त्य हुनुपर्ने बताईन।
कार्यक्रममा तेस्रोलिङी महिला तथा नवजीवन कपिलवस्तु अध्यक्ष मुस्कान क्षेत्री, अपाङ्गता भएकी तेस्रोलिङी महिला परि थापा, समलिङ्गी पुरुष टिकाराम भुसाललगायतले आफुले भोगेका समस्याहरुको बारेमा सुनाएका थिए । उनिहरुले शिक्षा तथा रोजगारीको शिलशिलामा निकै समस्या भएको बताउदै यसको अन्त्य हुनुपर्ने माग गरेका थिए। कार्यक्रम रेशम न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो।