add frist

प्रचण्ड–नेपाल आगामी चुनावमा जलेको काठको खरानी जस्तै पत्तासाप –महेश बस्नेत

बुटवल,माघ । केपी शर्मा ओली पक्षिय नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले पार्टि अध्यक्ष ओलीलाई गणतन्त्र विरोधी भन्नु प्रचण्ड नेपाल समुहको कुण्ठा मात्र भएको बताएका छन ।

बुटवलमा ओली पक्षिय अगुवा विद्यार्थी भेलालाई सम्वोधन गर्दै युवा संघ नेपालका पुर्व अध्यक्ष समेत रहेका बस्नेतले गणतन्त्रका लागि १४ बर्ष जेल बसेको व्यक्तिलाई गणतन्त्र बिरोधी भनेर जनताले नपत्ताउने बताए ।

नेता बस्नेतले केपी ओली कम्युनिष्ट आन्दोलनका फलाम र प्रचण्ड–नेपाल काठ भएको टिप्पणी गर्दै बैशाख १७ र २७ गते हुने चुनावमा प्रचण्ड–नेपाल समुह जलेको काठको खरानी जस्तै पत्तासाप हुने बताए ।

माधव नेपालले नेतृत्व गर्दा कम्यूनिष्ट आन्दोलन धुलो भईसकेको उल्लेख गर्दै उनले केपी ओलीले नेतृत्व गरेपछि बल्ल उठ्न थालेको र वनमा रहेका प्रचण्डलाई केपी ओलीले नै ल्याएर मान्छे बनाएको बताए ।

अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीले संसद विघटन नगरी राजिनामा दिएको भए कम्यूनिष्ट आन्दोलन धुलो बन्ने समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु