चर्चामा

सार्वजनिक यातायात सेवा अनिश्चितकालीन बन्द घोषणा

सार्वजनिक यातायात सेवा अनिश्चितकालीन बन्द घोषणा
0 0
Read Time:1 Minute, 57 Second

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशव्यापी रूपमा अनिश्चित कालका लागि सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने निर्णय गरेको छ ।

महासङ्घले भदौ २३ गते जेनजी समूहले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले गरेको दमनका कारण १९ जना विद्यार्थीको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भनेको छ कि शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा सञ्चालन नगर्ने छ ।

महासङ्घले मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै घाइतेहरूको उपचारको उचित व्यवस्थाका लागि नेपाल सरकारसँग सहयोगको माग गरेको छ । महासङ्घले आफ्ना सम्पूर्ण सदस्य सङ्घ, समिति, कम्पनी तथा प्रालिहरूलाई घाइतेहरूको उपचारमा सक्दो सहयोग गर्न अनुरोध गरेको छ ।

महासङ्घले जनाएको छ कि दुःखद घटनाका कारण काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन प्रभावित भएको र विभिन्न स्थानमा कर्फ्यु आदेश जारी भएकोले सार्वजनिक यातायात तथा मालवाहक सवारी साधन सञ्चालनमा असहज अवस्था सिर्जना भएको छ ।

यसर्थ, नेपाल सरकारबाट उचित शान्ति(सुरक्षाको प्रत्याभूति नभएसम्म यात्रुवाहक र मालवाहक सार्वजनिक यातायातका सवारी साधनहरू सञ्चालन नगर्न महासङ्घले आफ्ना सम्पूर्ण सदस्यहरूलाई अनुरोध गरेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %