बुटवल । नेपाली कांग्रेसका उपसभापति डा.चन्द्रकान्त भण्डारीले पार्टीभित्र देखिएका असमझदारी समयक्रमसँगै अन्त्य हुँदै कांग्रेस थप एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । उनले पार्टीका नेता तथा कार्यकर्तालाई आपसी मतभेदलाई संवाद र सहमतिमार्फत समाधान गर्दै एकअर्काविरुद्ध टीकाटिप्पणी तथा गालीगलौजमा नउत्रिन आग्रह गरेका छन् । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर–२ ले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उपसभापति भण्डारीले कांग्रेसको भविष्य एकता र सहकार्यमा...







