पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
Read Time:1 Minute, 15 Second
अदालतले पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनलाई हाजिरी जमानी वा तारिखमा राखी अनुसन्धान गर्न आदेश दिएको छ ।
श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यो आदेश दिएको हो ।
काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।
उनकी पत्नी सरस्वती श्रेष्ठले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै रिहा गर्न परमादेश जारी गरिएको हो । सर्वोच्चले उनलाई हाजिरी जमानीमा छाडी वा तारिखमा राखेर अनुसन्धान गर्न भनेको हो ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो ।

लेखकको सम्वन्धमा