प्रहरी महानिरीक्षकबाट कार्की हटाइए, केसी बने
तस्बिर : रासस
पोखरा । सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर डा। मनोजकुमार केसीलाई नियुक्ति गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक डा। केसीलाई प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम बुधबारदेखि नै लागु हुनेगरी महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
बैठकले वर्तमान परिस्थितिमा मुलुकको शान्तिसुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन नेपाल प्रहरीको प्रहरी महानिरीक्षकस्तरको प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिर्जना गर्ने निर्णय गरेको छ । साथै उक्त पदमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई खटाउने निर्णय गरेको छ ।
यसैबीच, गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक डा। केसीलाई बुधबार नै दज्र्यानी चिह्न प्रदान गरे । गृहमन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले प्रहरी महानिरीक्षक केसीलाई नियुक्ति पत्र हस्तान्तरण गरे । यसअघि गृहसचिवले प्रहरी महानिरीक्षकलाई दज्र्यानी चिह्न प्रदान गरिँदै आइएको थियो ।
केसीले कम्बोडियाबाट द्वन्द्व रुपान्तरण विषयमा विद्यावारिधि गरेका छन् । २०३२ साउन २८ गते नुवाकोटमा जन्मिएका डा। केसी २०५४ चैत २८ गते प्रहरी निरीक्षकका रूपमा प्रहरी सेवामा प्रवेश गरेका थिए ।

लेखकको सम्वन्धमा