चर्चामा

कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन छैन : गगन थापा

कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन छैन : गगन थापा
0 0
Read Time:1 Minute, 18 Second

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कमजोर धरातलमा नउभिएको बताएका छन् । पार्टीको आधिकारिकताको विषयमा बिचौलिया इनम सापकोटाको सार्वजनिक अडियोको विषयमा प्रष्टीकरण दिँदै थापाले आफ्ना हातहरू सफा रहेको बताएका हुन् ।

‘ढुक्क हुनुहोस् म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति– कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन । मेरा हातहरू सफा छन्,’ उनले भिडियो सन्देश जारी गर्दै भने, ‘मेरा पक्षमा ढुक्कले बोल्नुहोस् ।’

उनले गलत प्रश्न आफूलाई नगर्न पनि आग्रह गरेका छन् । ‘गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ’ उनले भनेका छन् ।

इनम सापकोटाले नाम लिएको विषयमा उनले थपे, ‘करोडको कुरा गर्छन्। नेपाली कांग्रेसको आधिकारिताको कानुनी लडाईँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन, अनुचित काम गरेको छैन, भएको छैन ।’

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %