चर्चामा

तिब्बततर्फ ड्याम फुटेको सूचना, तटीय क्षेत्रमा सुरक्षित रहन अनुरोध

तिब्बततर्फ ड्याम फुटेको सूचना, तटीय क्षेत्रमा सुरक्षित रहन अनुरोध
0 0
Read Time:1 Minute, 37 Second

काठमाडौँ । तिब्बततर्फ पुनस् ड्याम फुटेको सूचना पछि नेपाल प्रहरीले तटीय क्षेत्रमा सुरक्षित रहन अनुरोध गरेको छ ।

शुक्रबार चिनियाँ पक्षले तिब्बतको क्षेत्रमा पानी जमेको ताल फुटेको जानकारी गराएपछि सुरक्षित रहन अनुरोध गरेको हो ।

‘तिब्बततर्फ पानीको ड्याम पुनस् फुटेको जानकारी प्राप्त भएको हुँदा उद्धार तथा राहत कार्यमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधरणहरूलाई तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जानरजानकारी गराउन अनुरोध छ,’ प्रहरीले भनेको छ ।

नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले पनि हेलिकप्टरबाट रेक्की गर्ने काम भएको बताए ।

बुधबार तिब्बती क्षेत्रमा हिमताल फुटेर आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्ला प्रभावित भएका थिए। सुरक्षा निकायहरूले ती ठाउँमा उद्धारका कार्य गर्दै आएको छ ।

तीन दिन अघि आएको बाढी पछि पनि सबै पानी सुकिनसकेको र फेरि पानी जम्न थालेको सूचना चिनियाँ पक्षले दिएको थियो । उक्त सूचना पछि सतर्क रहन अनुरोध गर्दै आएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %