भोटेकोशी बाढीपहिरो पीडितका लागि प्याराडाइज इङ्गलिस स्कुलद्वारा सहयोग
- सत्यदीप सन्देश संवाददाता
- भदौ २०, २०८३
- 83 Shares
बुटवल । रुपन्देहीको सैनामैना–१०, सालझन्डीस्थित प्याराडाइज इङ्गलिस स्कुलले भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकका लागि ६२ हजार ८ सय १ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
यही २०८३ भाद्र १० गते बिहान उत्तरी जिल्ला रसुवाको भोटेकोशी नदीमा आएको विशाल बाढीका कारण टिमुरे, वेत्रावती, स्याफुबेसी लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको थियो । प्राकृतिक विपत्तिबाट विस्थापित र प्रभावित नागरिकको राहत तथा पुनर्मिलनमा सघाउन विद्यालयले उक्त रकम प्रदान गरेको हो ।
कठिन परिस्थितिमा प्याराडाइज इङ्गलिस स्कुलका सम्पूर्ण शिक्षक, कर्मचारीहरूको एक दिनको तलब र विद्यार्थीहरूको स्वतःस्फूर्त सहयोगबाट जम्मा भएको एकमुष्ट रु ६२,८०१ (अक्षरुपी बैसठ्ठी हजार आठ सय एक रुपैयाँ) नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मार्फत हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शान्त बहादुर पुन र प्रिन्सिपल सौगात भट्टराईले विपद्मा परेका नागरिकको खोज तथा उद्धार, राहत र पुनस्थापनका लागि सम्पूर्ण सरोकारवाला निकाय एवं सहयोगी हातहरूलाई एकजुट भई अघि बढ्न अपिल गर्नुभएको छ । साथै, विपद्मा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरिएको छ ।

प्रतिकृया दिनुहोस्
- प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
- भोटेकोशी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार
- दीप बोर्डिङ परिवारबाट छ लाख एक हजार प्रधानमन्त्री राहत कोषमा सहयोग
- भोटेकोशी बाढीपछि १२५९ जनाको शव भेटियो, सम्पर्कविहिन हुने पाँच हजार नाघे
- प्रेस युनियन रुपन्देहीको सभापतिमा कल्पना तिवारी निर्वाचित
- अहिलेको सरकार पञ्चायतकालको सरकारभन्दा उल्टो बाटोमा : सभापति लम्साल
- भोटेकोशी बाढी : ७५२ जनाको शव फेला, २५०२ सम्पर्कविहिन
- जुत्ता–चप्पल उत्पादक संघ लुम्बिनी प्रदेशले भोटेकोशी बाढीपीडितलाई ३० लाखको बराबरको सामग्री दिने
- भोटेकोशी बाढी : जलविद्युत आयोजनाका ५३७ कर्मचारी र श्रमिक अझै सम्पर्कविहीन
- रसुवा बाढी : ५३८ जनाको शव फेला, ३ हजार ७४२ जनाको उद्धार
-
भोटेकोशी बाढी : ७५२ जनाको शव फेला, २५०२ सम्पर्कविहिन
भदौ १४, २०८३

लेखकको सम्वन्धमा