चर्चामा

भोटेकोशी बाढीपहिरो पीडितका लागि प्याराडाइज इङ्गलिस स्कुलद्वारा सहयोग

भोटेकोशी बाढीपहिरो पीडितका लागि प्याराडाइज इङ्गलिस स्कुलद्वारा सहयोग
0 0
Read Time:2 Minute, 8 Second

बुटवल । रुपन्देहीको सैनामैना–१०, सालझन्डीस्थित प्याराडाइज इङ्गलिस स्कुलले भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकका लागि ६२ हजार ८ सय १ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

यही २०८३ भाद्र १० गते बिहान उत्तरी जिल्ला रसुवाको भोटेकोशी नदीमा आएको विशाल बाढीका कारण टिमुरे, वेत्रावती, स्याफुबेसी लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको थियो । प्राकृतिक विपत्तिबाट विस्थापित र प्रभावित नागरिकको राहत तथा पुनर्मिलनमा सघाउन विद्यालयले उक्त रकम प्रदान गरेको हो ।

कठिन परिस्थितिमा प्याराडाइज इङ्गलिस स्कुलका सम्पूर्ण शिक्षक, कर्मचारीहरूको एक दिनको तलब र विद्यार्थीहरूको स्वतःस्फूर्त सहयोगबाट जम्मा भएको एकमुष्ट रु ६२,८०१ (अक्षरुपी बैसठ्ठी हजार आठ सय एक रुपैयाँ) नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मार्फत हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शान्त बहादुर पुन र प्रिन्सिपल सौगात भट्टराईले विपद्‌मा परेका नागरिकको खोज तथा उद्धार, राहत र पुनस्थापनका लागि सम्पूर्ण सरोकारवाला निकाय एवं सहयोगी हातहरूलाई एकजुट भई अघि बढ्न अपिल गर्नुभएको छ । साथै, विपद्‌मा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरिएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %