भोटेकोशी बाढीपहिरो पीडितका लागि प्याराडाइज इङ्गलिस स्कुलद्वारा सहयोग
- सत्यदीप सन्देश संवाददाता
- भदौ २०, २०८३
- 116 Shares
बुटवल । रुपन्देहीको सैनामैना–१०, सालझन्डीस्थित प्याराडाइज इङ्गलिस स्कुलले भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकका लागि ६२ हजार ८ सय १ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
यही २०८३ भाद्र १० गते बिहान उत्तरी जिल्ला रसुवाको भोटेकोशी नदीमा आएको विशाल बाढीका कारण टिमुरे, वेत्रावती, स्याफुबेसी लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको थियो । प्राकृतिक विपत्तिबाट विस्थापित र प्रभावित नागरिकको राहत तथा पुनर्मिलनमा सघाउन विद्यालयले उक्त रकम प्रदान गरेको हो ।
कठिन परिस्थितिमा प्याराडाइज इङ्गलिस स्कुलका सम्पूर्ण शिक्षक, कर्मचारीहरूको एक दिनको तलब र विद्यार्थीहरूको स्वतःस्फूर्त सहयोगबाट जम्मा भएको एकमुष्ट रु ६२,८०१ (अक्षरुपी बैसठ्ठी हजार आठ सय एक रुपैयाँ) नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मार्फत हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शान्त बहादुर पुन र प्रिन्सिपल सौगात भट्टराईले विपद्मा परेका नागरिकको खोज तथा उद्धार, राहत र पुनस्थापनका लागि सम्पूर्ण सरोकारवाला निकाय एवं सहयोगी हातहरूलाई एकजुट भई अघि बढ्न अपिल गर्नुभएको छ । साथै, विपद्मा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरिएको छ ।

प्रतिकृया दिनुहोस्
- टंक प्रसाद गैरेको प्यानलद्वारा उम्मेदवारी घोषणा ,१० बुँदे प्रतिबद्धता सार्वजनिक
- पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक
- दशैंको टीकाको साइत बिहान १०:२६ बजे
- नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा
- कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला : रवि लामिछाने
- देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड
- संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश
- राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई
- कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह
-
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
अशोज १५, २०८३ -
तिनाउ नदीमा शव फेला
अशोज १६, २०८३ -
कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
अशोज १८, २०८३ -
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३

लेखकको सम्वन्धमा