पारदर्शी साकोसको छैठौँ अधिवेशन सम्पन्न, किरण गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
- सत्यदीप सन्देश संवाददाता
- अशोज ४, २०८३
- 42 Shares
बुटवल । पारदर्शी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सत्रौँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशन बुटवलमा भव्य रूपमा सम्पन्न भएको छ । अधिवेशनले संस्थाको आगामी कार्यकालका लागि श्री किरण गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।
नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा श्री कल्पना काफ्ले चापागाईं, सचिवमा श्री गणेश बहादुर खत्री र कोषाध्यक्षमा श्री नारायण सिंह खत्री चयन हुनुभएको छ ।
त्यसैगरी सञ्चालक समितिको सदस्यहरूमा श्री राजकुमार क्षेत्री, श्री दामोदर बस्याल, श्री सावित्रा महत, श्री कमला ढकाल काफ्ले र श्री संगीता पण्डित निर्वाचित हुनुभएको छ ।
अधिवेशनले लेखा सुपरिवेक्षण समितिको संयोजकमा श्री सचिन पन्तलाई चयन गरेको छ भने समिति सदस्यहरूमा श्री कमला पौडेल र श्री दिलमाया खत्री क्षेत्री रहनुभएको छ ।
सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, भावी नीति तथा कार्यक्रम र आर्थिक वर्षको आय-व्यय लेखाजोखा प्रस्तुत गरी पारित गरिएको थियो । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष किरण गौतमले संस्थालाई अझ पारदर्शी, सुरक्षित र सेवाग्राहीमैत्री बनाउँदै सेयर सदस्यहरूको हितमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस्
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : दोस्रो दिन ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सकियो
- सामागाउँका युवा आमरण अनसनमा, प्रदेश सरकारले वार्तामा बोलायो
- नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
- पाल्पामा दुर्घटना अपडेट : एक जनाको मृत्यु, ५ जना घाइते
- रास्वपाको सचिवालय बैठक : सरकारलाई झन् शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष
- भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला
- पोखरा–१३ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सभापतिमा रवि बराल सर्वसम्मत
- एमाले पुनर्गठन कार्यदल र सचिवालय बैठक बस्दै
- कांग्रेसको १५औं महाधिवेशन : वडा अधिवेशन आज सकिदै
- कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न
-
फेरिँदै गएको तीज: संस्कृति कि भड्किलो प्रदर्शन ?
भदौ २८, २०८३

लेखकको सम्वन्धमा