पारदर्शी साकोसको छैठौँ अधिवेशन सम्पन्न, किरण गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
- सत्यदीप सन्देश संवाददाता
- अशोज ४, २०८३
- 110 Shares
बुटवल । पारदर्शी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सत्रौँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशन बुटवलमा भव्य रूपमा सम्पन्न भएको छ । अधिवेशनले संस्थाको आगामी कार्यकालका लागि श्री किरण गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।
नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा श्री कल्पना काफ्ले चापागाईं, सचिवमा श्री गणेश बहादुर खत्री र कोषाध्यक्षमा श्री नारायण सिंह खत्री चयन हुनुभएको छ ।
त्यसैगरी सञ्चालक समितिको सदस्यहरूमा श्री राजकुमार क्षेत्री, श्री दामोदर बस्याल, श्री सावित्रा महत, श्री कमला ढकाल काफ्ले र श्री संगीता पण्डित निर्वाचित हुनुभएको छ ।
अधिवेशनले लेखा सुपरिवेक्षण समितिको संयोजकमा श्री सचिन पन्तलाई चयन गरेको छ भने समिति सदस्यहरूमा श्री कमला पौडेल र श्री दिलमाया खत्री क्षेत्री रहनुभएको छ ।
सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, भावी नीति तथा कार्यक्रम र आर्थिक वर्षको आय-व्यय लेखाजोखा प्रस्तुत गरी पारित गरिएको थियो । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष किरण गौतमले संस्थालाई अझ पारदर्शी, सुरक्षित र सेवाग्राहीमैत्री बनाउँदै सेयर सदस्यहरूको हितमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस्
- टंक प्रसाद गैरेको प्यानलद्वारा उम्मेदवारी घोषणा ,१० बुँदे प्रतिबद्धता सार्वजनिक
- पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक
- दशैंको टीकाको साइत बिहान १०:२६ बजे
- नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा
- कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला : रवि लामिछाने
- देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड
- संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश
- राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई
- कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह
-
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
अशोज १५, २०८३ -
तिनाउ नदीमा शव फेला
अशोज १६, २०८३ -
कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
अशोज १८, २०८३ -
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३

लेखकको सम्वन्धमा