नवलपरासी कांग्रेस भित्र चुलियो असन्तुष्टिस् महामन्त्री थापालाई हस्तक्षेपका लागि आग्रह
- सत्यदीप सन्देश संवाददाता
- असार १९, २०८२
- 193 Shares
नवलपरासी पश्चिम् । पश्चिम् नवलपरासीमा नेपाली कांग्रेसको पार्टी संगठनभित्र गम्भीर असन्तुष्टि चुलिएको छ। जिल्ला कार्यसमितिले पार्टीभित्र देखिएको निराशा, आक्रोश र द्वन्द्वको अवस्थालाई सम्बोधन गर्न पार्टीका महामन्त्री गगन थापालाई हस्तक्षेपका लागि औपचारिक आग्रह गरेको छ।
नवलपरासीस्थित कांग्रेस जिल्ला कार्यसमितिका सचिव उमेशचन्द्र यादवद्वारा हस्ताक्षरित एक पत्रमा, हालको आन्तरिक अवस्थाले समर्पित कार्यकर्ताहरूमाथि मनोवैज्ञानिक असर परेको र संगठनात्मक आत्मविश्वास तथा एकतामा समेत जोखिम बढेको उल्लेख छ। पत्रमा भनिएको छ, “पार्टीका तल्लो तहका कार्यकर्ताहरूमाझ निराशा र अविश्वास बढेको छ। केही सक्षम साथीहरूले पार्टी छाड्ने अवस्था आएको छ, जुन चिन्ताजनक छ।”
पत्रले पार्टीभित्र संगठनात्मक आलोचना, मतभेद र विचारविमर्शको अभावका कारण गम्भीर संवादको परम्परा टुटेको औंल्याएको छ। यस्तो अवस्थाले कार्यकर्ताहरूमा अविश्वास, उदासीनता र निराशा बढाएको भन्दै यसले पार्टी संगठनको समग्र स्वास्थ्य र सक्रियतामा नकारात्मक असर पार्ने चेतावनी समेत दिइएको छ।
प्रतिकृया दिनुहोस्
- पोखराको असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
- वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
- हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली
- प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
- विश्वकप फुटबलको नकआउट चरणको समीकरण पूरा, कसको प्रतिद्वन्दी को ?
- एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
- रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
- रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित ९९ उम्मेदवार (सूचीसहित)
- रास्वपा निर्वाचन आयोगले भन्यो : सभापतिमा रवि लामिछाने निर्विरोध
- विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने
-
मेस्सी बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी
असार ९, २०८३ -
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
असार १४, २०८३ -
रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
असार १२, २०८३ -
हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली
असार १४, २०८३ -
वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
असार १४, २०८३ -
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
असार ८, २०८३

लेखकको सम्वन्धमा