सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित
- सत्यदीप सन्देश संवाददाता
- असार २४, २०८२
- 304 Shares
काठमाडौं । सरकार र नेपाल चिकित्सक संघबीच सहमति भएको छ । संघको नेतृत्वमा आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग मंगलबार साँझ सरकारले वार्ता गरेको थियो ।
स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच भएको छलफलपछि सहमति जुटेको हो । सहमति अनुसार, संघले घोषणा गरेका सबै आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएको छ ।
उपभोक्ता अदालतले चिकित्सकीय अभ्यास सम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघले सोमबारदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको थियो ।
उपभोक्ता ऐन र मुलुकी ऐन फौजदारीको संशोधन गर्नुपर्ने लगायतका माग राखेको चिकित्सकहरूले राखेका थिए । केही सातायता उपभोक्ता अदालतले उपचारमा लापरबाही गरेको मुद्दामा बिरामीका आफन्तको पक्षमा फैसला गरेको थियो ।
उपभोक्ता अदालतले ओम अस्पतालले ५० लाख ७० हजार रुपैयाँ, हिमाल अस्पताल र उपचारमा संलग्न चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ र ग्रान्डी सिटी अस्पताल र त्यहाँ उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेको थियो । उक्त फैसलामा असन्तुष्टि जनाउँदै चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए ।
प्रतिकृया दिनुहोस्
- पोखरा–दुबई सिधा उडान असोज ७ देखि, अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पर्यटकीय नगरी
- आज भाद्र शुक्ल पञ्चमीः ऋषिपञ्चमी पर्व मनाइँदै
- भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति
- विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौंः शिक्षामन्त्री पोखरेल
- हरितालिका तीज पर्व आज, महादेवको पूजा-आराधना गरी मनाइँदै
- फेरिँदै गएको तीज: संस्कृति कि भड्किलो प्रदर्शन ?
- कृष्णभिरमा कटानको काम सकियो, असोज १ अघि नै पृथ्वी राजमार्ग खुलाउने तयारी
- पोखरा विमानस्थल सञ्चालन जिम्मा पनि निजी क्षेत्रलाई दिन आग्रह
- नेपाल प्रेस युनियन रुपन्देहीको नयाँ कार्यसमितिको पदस्थापन
- कुशे औँसीको अवसरमा ज्ञानपुञ्जमा कविता प्रतियोगिताको निर्णायक चरण सम्पन्न
-
फेरिँदै गएको तीज: संस्कृति कि भड्किलो प्रदर्शन ?
भदौ २८, २०८३ -
कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै
भदौ २१, २०८३

लेखकको सम्वन्धमा