भोटेकोशी बाढी : ७५२ जनाको शव फेला, २५०२ सम्पर्कविहिन
- सत्यदीप सन्देश संवाददाता
- भदौ १४, २०८३
- 4 Shares
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ७५२ जनाको शव फेला परेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म ७५२ जनाको शव फेला परेको हो । जसमा रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, चितवनमा २५९, गोरखामा ५८, तनहुँमा ३६, नवलपरासी पूर्वमा १८४ र नवलपरासी पश्चिममा १०० जनाको शव फेला परेको छ ।
प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ५०२ जना सम्पर्कविहीन भएका हुन् ।
सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना, रसुवाका ५६२, मकवानपुरका ६५ र नुवाकोटका ११५ जना रहेका छन् । त्यस्तै, नेपाल सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ४ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
यसैगरी, ५९२ जना विदेशी नागरिक र नेपाल भ्रमणमा आएका विदेशमा बस्ने १२७ जना नेपाली नागरिक समेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र क्वारेन्टाइन कार्यालयका ३ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस्
- जुत्ता–चप्पल उत्पादक संघ लुम्बिनी प्रदेशले भोटेकोशी बाढीपीडितलाई ३० लाखको बराबरको सामग्री दिने
- भोटेकोशी बाढी : जलविद्युत आयोजनाका ५३७ कर्मचारी र श्रमिक अझै सम्पर्कविहीन
- रसुवा बाढी : ५३८ जनाको शव फेला, ३ हजार ७४२ जनाको उद्धार
- तिब्बततर्फ ड्याम फुटेको सूचना, तटीय क्षेत्रमा सुरक्षित रहन अनुरोध
- भोटेकोसी बाढीले ४१ पुलमा क्षति, रसुवामा ४० किलोमिटर सडक पूर्ण क्षतिग्रस्त
- भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार
- रसुवा बाढी अपडेट : १६२ जनाको शव फेला
- पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय
- रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
- बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन
-
रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
भदौ १०, २०८३ -
रसुवा क्षेत्रमा ३८४ पर्यटक सम्पर्कविहीन
भदौ १०, २०८३ -
रसुवा बाढी अपडेट : १६२ जनाको शव फेला
भदौ ११, २०८३

लेखकको सम्वन्धमा