छविलाई ५ दिन हिरासतमा राख्न कास्की अदालतको अनुमति
- सत्यदीप सन्देश संवाददाता
- अशोज ७, २०८१
- 294 Shares
पोखरा । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशीमाथि ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान हुने भएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्ने सोमबार जिल्ला अदालत कास्कीले निर्णय गरेको हो ।
विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा ल्याइएको थियो ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, कोषाध्यक्ष कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।
पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ५ करोड रूपैयाँ गएको छानबिन विशेष समितिले देखाएको छ ।
प्रतिकृया दिनुहोस्
- दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने गृहमन्त्री गुरुङको निर्णय
- मन्त्रालय सम्हाल्दै पुनको घोषणा- ‘तीन वर्षमै देखिने परिणाम दिन्छु’
- गृहमन्त्री गुरुङ र विज्ञानमन्त्री पुनले लिए शपथ
- आर्थिक विधेयक र एमआरपीबारे उद्योगी–व्यवसायीहरुलाई अभिमुखीकरण
- शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय पुगे सुधन गुरुङ र महावीर पुन
- बसपार्क निर्माणको बाटो खुल्यो, रिट फिर्ता लिने र संरचना हटाउने सहमति
- प्रधानमन्त्रीले सीमा बारेको अभिव्यक्ति नसच्याएसम्म अरु विषयमा प्रवेश गर्न सकिदैन : हर्क साम्पाङ
- भन्सार छली प्रकरणमा संसदीय समिति बनाउन पर्छ : ज्ञानेन्द्र शाही
- निजी विद्यालयमाथिको ३ प्रतिशत ‘समता शुल्क’ खारेज गर्न प्याब्सनको माग
- संघ र प्रदेशका सांसदलाई सहयोगी कर्मचारी दिन माग
-
आर्थिक विधेयक र एमआरपीबारे उद्योगी–व्यवसायीहरुलाई अभिमुखीकरण
जेष्ठ २६, २०८३ -
संघ र प्रदेशका सांसदलाई सहयोगी कर्मचारी दिन माग
जेष्ठ २४, २०८३ -
गृहमन्त्री गुरुङ र विज्ञानमन्त्री पुनले लिए शपथ
जेष्ठ २६, २०८३

लेखकको सम्वन्धमा