चर्चामा

काठमाडौंमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौंमा अनिश्चितकालीन कर्फ्यु
0 0
Read Time:1 Minute, 31 Second

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को आदेश जारी नहुँदासम्मका लागि कर्फ्यु आदेश लागू गरेको छ । आज बिहान साढे ८ बजेदेखि सुरु भएको कर्फ्यु अर्को आदेश नआएसम्म जारी रहने प्रशासनले जनाएको छ ।

कर्फ्यु आदेश काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वाग्मती नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भूभागमा लागू गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार कर्फ्यु अवधिमा अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकार संस्था तथा कूटनीतिक नियोगका सवारी साधन, साथै हवाई टिकट देखाउने यात्रुको आवागमनमा सुरक्षाकर्मीले सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ ।

कर्फ्यु लागू क्षेत्रभित्र कसैले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाउने छैनन् ।

 

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %